Sunday, July 13, 2025
समाज‘इँटाभट्टामा मान्छे पोलिएको’ दाबी पुष्टि नभएपछि आलम रिहा

‘इँटाभट्टामा मान्छे पोलिएको’ दाबी पुष्टि नभएपछि आलम रिहा

spot_img

काठमाडौं | चर्चित इँटाभट्टा हत्याकाण्डमा नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलम उच्च अदालतबाट निर्दोष ठहरिएका छन्। १२ वर्षअघि रौतहटको राजपुरमा भएको बम विस्फोटपछि घाइतेलाई जिउँदै इँटाभट्टामा हालेर हत्या गरिएको भनिएको आरोप अदालतमा पुष्टि हुन नसकेपछि आलमलाई सफाइ दिइएको हो।

बुधबार राति नख्खु कारागारबाट आलम रिहा भए। उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जले उनको पक्षमा फैसला सुनाउँदै, जिल्ला अदालत रौतहटले दिएको जन्मकैदको सजाय उल्टाइदिएको हो।

न्यायाधीश खुसीप्रसाद थारू र अर्जुन महर्जनको संयुक्त इजलासले गरेको फैसलाको संक्षिप्त आदेशमा भनिएको छ, “विष्फोटका घाइते भनिएका पिन्टु उर्फ त्रिलोकप्रकाश सिंह र ओसी अफताबलाई इँटाभट्टामा हालेर पोलिएको ठोस प्रमाण वादी पक्षले पेश गर्न सकेको छैन।”

यसअघि जिल्ला अदालत रौतहटले २०८१ वैशाख १३ मा आलमलाई जन्मकैदको सजाय सुनाएको थियो। तर उच्च अदालतले घटनास्थलमा बम विस्फोट भएको, घाइतेलाई इँटाभट्टामा हालेर जलाइएको भन्ने दुवै कुरा प्रमाणित हुन नसकेको ठहर गरेको हो।

अदालतले घटनास्थलमा वैज्ञानिक प्रमाण नपुगेको, परीक्षण प्रतिवेदन स्पष्ट नभएको र प्रत्यक्षदर्शी वा वस्तुनिष्ठ प्रमाणको अभावमा आरोप पुष्टि नहुने निष्कर्ष निकालेको छ। अदालतले भनेको छ, “विधिविज्ञान परीक्षण प्रतिवेदनसमेत मृतकहरू इँटाभट्टामा पोलिएको दाबी पुष्टि गर्न पर्याप्त छैन।”

रौतहट प्रहरीले २०६४ चैत २७ गतेको बम विस्फोटपछि घाइते भएका केहीलाई आलमको निर्देशनमा इँटाभट्टामा हालेर हत्या गरिएको दाबी गर्दै कर्तव्य ज्यान र बम विस्फोटसम्बन्धी मुद्दा चलाएको थियो। घटनामा आलमसहित उनका समर्थकहरू प्रतिवादी थिए।

अदालतको पछिल्लो फैसलाले यो चर्चित मुद्दामा निर्णायक मोड ल्याएको छ। फैसला पछि आलमलाई नख्खु जेलबाट रिहा गरिएको छ भने कांग्रेस कार्यकर्ताहरूले उनलाई स्वागत गरेका छन्।

यद्यपि, यही मुद्दासँग सम्बन्धित अर्को फरक फाइलमा भने अदालतले जिल्ला अदालतको फैसला सदर गर्दै सजाय कायम राखेको छ।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img