Thursday, July 17, 2025
देशबागमती प्रदेशकांग्रेसको किचलोले बागमती बजेट अन्योल

कांग्रेसको किचलोले बागमती बजेट अन्योल

spot_img

हेटौँडा | बागमती प्रदेश सरकारले असार १ गते प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/०८३ को बजेटमाथि आज पनि प्रदेशसभा बैठक बस्न सकेन। सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसभित्रको आन्तरिक किचलो र समन्वयको अभावका कारण बैठक एकपछि अर्को गर्दै स्थगित भइरहेकाले बजेटको नै अन्योलमा परेको छ।

आज दिउसो १ बजेका लागि बोलाइएको बैठक १९ गते सम्म सरेको छ । बागमती प्रदेश सरकारले असार १ गते ल्याएको बजेटमाथि छलफलका गर्न बोलाइएको प्रदेश सभा बैठक आज पनि बस्दै नबसरी स्थगित गरेको हो । बजेटमाथिको छलफलका लागि आह्वान गरिएको बैठक बस्न सक्ने अवस्था नरहेपछि सरिएको हो । यसअघि असार १२ गते बिहान ११ बजे तय भएको बैठक पनि दलहरूको सहमति नजुट्दा स्थगित गरिएको थियो।

- Advertisement -

नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र) र प्रमुख विपक्षी दलका नेताहरूले संयुक्त रूपमा हस्ताक्षर गरेर सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा प्रदेश सरकारको गैरजिम्मेवारीपनप्रति गम्भीर आपत्ति जनाएका छन् । विज्ञप्तिमा भनिएको छ, “सरकारको नेतृत्व गरिरहेको पार्टीको आन्तरिक किचलो, मन्त्रिपरिषद् बैठक बस्न नदिने प्रयास, सचिवस्तरमा समेत अस्पष्टता देखिएको र समयमै बजेट ल्याउन नसकिएको अवस्थाले हामीलाई गम्भीर बनाएको छ।”

प्रदेश सरकार आर्थिक वर्षको सुरुवातमै नीति तथा कार्यक्रम, बजेट निर्माण प्रक्रिया र छलफल सबैतिर असफल देखिएको छ। यथासमय बजेट पारित नहुँदा प्रदेश सरकारको खर्च, योजना, कर्मचारी तलब, र सेवाहरू प्रभावित हुने निश्चितजस्तै देखिन्छ। संविधानअनुसार असार १ गतेभित्र बजेट ल्याइसक्नुपर्ने व्यवस्था छ। तर, नीति तथा कार्यक्रम ढिलै प्रस्तुत भएको, नीति बिना नै बजेट बनाएको, रातारात बैठक बसेर बजेट पेस गरेको जस्ता आरोप विपक्षी दलहरूले लगाएका छन्।

आज पनि दिउँसो १ बजेका लागि बैठक बोलाइए पनि ४ बजेसम्म पनि सुरु हुन सकेन।  नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक रामप्रसाद ढकाल, नेकपा एसका सचेतक भक्तबहादुर मगर र एमालेका उपनेता भरतकुमार थापाले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, “सरकारले संसदलाई गम्भीर रूपमा बेवास्ता गर्दै बजेटमाथिको छलफल रोकिएको छ।”

बजेट पास नभएसम्म बागमती प्रदेश सरकार आर्थिक काम कारवाही गर्न सक्दैन। प्रदेशसभा सचिवालयले अब असार १९ गतेका लागि बैठक बोलाएको छ, तर त्यो पनि सत्ता गठबन्धनको आन्तरिक मिलोमतोमा भर पर्नेछ।

यसबारेमा एक प्रदेशसभा सदस्यले नाम नबताउने शर्तमा भने, “कांग्रेसभित्रको गुटीय लफडा र को कति शक्तिशाली देखिने हो भन्ने प्रतिस्पर्धाले सभा अवरुद्ध भएको हो। सरकारका मुख्यमन्त्रीसमेत यो किचलोमा अनिश्चित देखिन्छन्।”

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img