देशबागमती प्रदेशक्रिसमसमको अवसरमा अघिल्लो दिन नै बिदा

क्रिसमसमको अवसरमा अघिल्लो दिन नै बिदा

काठमाडौ । क्रिश्चियनहरुको पर्व क्रिसमस र अंग्रेजी नयाँ वर्ष आउँदैछ । क्रिश्चियनहरुको ठूलो पर्व क्रिसमसको उपलक्ष्यमा एउटा गाउँपालिकाले भने सार्वजनिक विदा नै दिएको छ । क्रिसमस मनाउन भन्दै मकवानपुरको एक गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मकवानपुरको राक्सिराङ गाउँपालिकाले क्रिसमसमको अवसरमा अघिल्लो दिन नै बिदा दिने निर्णय गरेको हो । २५ डिसेम्बरमा शनिबार परेकाले क्रिसमस मनाउन भन्दै शुक्रबारका लागि नै गाउँपालिकाले बिदा दिएको हो ।

पछिल्लो समय मकवानपुरको विकट राक्सिराङ गाउँपालिकामा क्रिश्चियन धर्म अँगाल्नेको संख्या निकै बढिरहेको छ । धर्म परिवर्तन गरेर क्रिश्चियन धेरै हुन थालेपछि यो गाउँपालिकाले बिदा दिने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img