Saturday, May 24, 2025
समाजआज दिनभरी कहाँ के भयो ? यी हुन् प्रमुख १० खबर
spot_img

आज दिनभरी कहाँ के भयो ? यी हुन् प्रमुख १० खबर

spot_img

नेपाललगायत विश्व जगतमा नै आज विभिन्न घटनाक्रम घटेका छन् । राजनीतिक, आर्थिक, सामाजिक, खेलकुदलगायत विभिन्न क्षेत्रमा विभिन्न घटनाक्रम घटेका हुन् ।

– नेपालमा अर्थतन्त्रका सूचक नकारात्मक बन्दै गएसँगै आलोचना बढ्न थालेपछि नेपाल राष्ट्र बैंकले सुधारका लागि विभिन्न प्रयास गरिरहेको जानकारी दिएको छ ।बुधबार आर्थिक पत्रकारहरुसँगको अन्तरक्रियामा राष्ट्र बैंकले बजारमा तरलता अभाव हुन नदिन तथा शोधानान्तर घाटा कम गर्न विभिन्न मौद्रिक उपाय अपनाइएको जानकारी दिएको हो ।

– यस्तै न्युज कारखानाले जुम्लाका महिलाहरू घरभित्र असुरक्षित हुनुपरेको समाचारलाई प्राथमिकताका साथ प्रकाशन गरेको छ । चन्दननाथ नागरपालिका–१ ललिचौरकी सुनिता कामी श्रीमान र सासुबाट पीडित महिला हुन् । उनी २२ वर्षकी भइन् । तातोपानी गाउँपालिकामा जन्मिएकी उनले १७ वर्षको उमेरमा ललिचौरका लोकेन्द्र कामीसँग भागी विवाह गरेकी थिइन् । उनको तीन वर्षीया छोरी छ । सुनिताबाट एक छारी जन्मिएपछि उनका श्रीमान लोकेन्द्रले चन्दननाथ– १० कि सुचना कामीसँग दोस्रो बिहे गरे । उनले दोस्रो बिहे गरेकी सुचनाबाट पनि एक छोरी जन्मिएकी छन् । लोकेन्द्रकी जेठी श्रीमती फेरि गर्भवती भइन् । उनलाई लोकेन्द्रले एउटा कोठामा छुट्याएर राखेका छन् । अहिले सुनिताको साथमा तीन वर्षकी छोरी छ । उनको पेटमा ८ महिनाको गर्भ पनि छ । उनमाथि श्रीमानबाट मात्र होइन सासुबाट पनि सहयोग छैन ।

– यस्तै नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सुदूरपश्चिमबाट कांग्रेस सभापति, सहमहामन्त्रीदेखि केन्द्रीय सदस्य गरी १७ जना निर्वाचित भएका छन् । १४औं महाधिवेशनबाट कांग्रेस सभापतिमा डडेल्धुराका शेरबहादुर देउवा निर्वाचित भएका छन् । देउवा कांग्रेस सभापतिमा दोस्रोपटक निर्वाचित भएका हुन् । सहमहामन्त्रीमा बाजुराका बद्री पाण्डे विजयी भएका छन् । उनी यसअघि केन्द्रीय सदस्य थिए ।

– यसका साथै हामी जातीय विभेदले थिचिएको कर्णालीको कथालाई पनि महत्वका साथ उठाएका छौं । जातीय विभेदले थिचिएको कर्णाली । तालको पानी जस्तै तैरिरहेको विभेद । जातीय विषयले अझै पनि तर्सिन्छ कर्णाली । प्रायस् कर्णालीमा दलितभन्दा उपल्लो जातका मानिसको बाहुल्यता छ ।

पछिल्लो समय कर्णालीका दलितले विभेद भोगिरहेका छन् । यस्तै पीडा कर्णालीका दुई दलित युवाले भोगेका छन् । जाजरकोटका नवराज विक र हुम्लाका चन्द्रे कामी । जाजरकोटका नवराज विकको लखेटी लखेटी हत्या भयो । नवराजको घाउ सेलाउन नपाउँदै हुम्लाको सर्केगाड गाउँपालिका-१ का चन्द्रे कामी जातीय विभेदको सिकार भएका छन् ।चन्द्रेको मुगुको सोरु गाउँपालिका–४ की सुन्तली मल्लसँग प्रेम बस्यो । दुवैले भागी बिहे गरे । तर, सुन्तलीका आफन्तले उनीहरूबीचको प्रेम सम्बन्ध तोडेका छन् । चन्द्रे र सुन्तली तीन वर्षदेखि प्रेमको डोरीमा बाँधिएका थिए ।

– यसका साथै माओवादीले आफ्नो प्रथम राष्ट्रिय सम्मेलनलाई समान्य रुपमा सम्पन्न गर्ने जनाएको छ । नेकपा माओवादी केन्द्रले प्रथम राष्ट्रिय सम्मेलनका प्रतिनिधिलाई दिउँसोको खाजाको मात्र दायित्व लिने भएको छ ।आवातजावत, खाना र बसोबासको व्यवस्था सम्बन्धित सम्मेलन प्रतिनिधिले गर्न निर्देशन दिँदै दिउँसोको खाजा मात्र पार्टीले दायित्व लिने भएको हो ।

– यसका साथै महान्यायाधिवक्ता खम्मबहादुर खातीले न्यायालयमा देखिएको समस्या सर्वदलीय बैठकबाट समाधान खोज्नुपर्ने बताएका छन् ।नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा मागेर आन्दोलनमा उत्रिँदा न्यायसेवामा अवरोध पुगेका बेला उनको सो धारणा सार्वजनिक भएको हो । महान्यायाधिवक्ता कार्यालयको ७१औँ स्थापना दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रम महान्यायाधिवक्ता खातीले अदालतबाट अहिले सेवाग्राहीले सेवा नपाएको गुनासो आइरहेको बताउँदै चाँडै समाधान खोजिनुपर्ने बताए ।

– आज विवेकशील साझा पार्टीकी रञ्जु दर्शनाले पार्टी परित्याग गरेको विषय पनि चर्चामा रह्यो । पार्टी संयोजक मिलन पाण्डेलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको तेस्रो दिन दर्शनाले पार्टी परित्याग गरेकी हुन् । तत्काल कुनै पार्टीमा नजाने बताएकी उनले आफू एक सचेत स्वतन्त्र नागरिकको भूमिमा रहने जानकारी दिएकी छन् ।

– यस्तै पछिल्लो समय विश्वभर कोरोना महामारी पुन: तीव्रताका साथ फैलिरहेको छ । त्यसको डर लाग्दो अवस्था बेलायतमा देखिएको छ । बेलायतमा कोभिडबाट एकै दिन अहिले सम्मकै उच्च संख्यामा संक्रमित भएका छन् । पछिल्लो तथ्यांक अनुसार १ लाख ६ हजार १२२ जनालाई कोभिड भएको छ । ती मध्ये १३ हजार १ सय ८१ जना ओमिक्रोनबाट संक्रमित छन् । बेलायतमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या ७४ हजार नाघेको छ ।

– यसका साथै आज विश्वकै जेष्ठ दाबी गरिएकी चिनियाँ महिलाको मृत्यु भएको छ । विश्वकै बृद्ध महिला भनि दाबी गरिएकी १३५ वर्षीया अलिमिहन सियिटीको मृत्यु भएको हो । उनी चीनको स्वायत्त उइगुर प्रान्तकी बासिन्दा हुन् । चीनमा जन्म र मृत्युबारे तथ्यांक संकलन गर्ने पब्लिसिटी डिर्पाटमेन्टका अनुसार सियातीको जन्म सन् १८८९ को २५ जुनमा भएको थियो ।

– यस्तै पछिल्लो समय नेपाल क्रिकेट संघ (क्यान) र खेलाडीबीच देखिएको विवादमा सहमति जुटाउने प्रयास थालिएको छ । क्यानले कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीलाई सन् २०२१ को सुरुआती ६ महिना केन्द्रीय सम्झौता (सेन्ट्रल कन्ट्रयाक) बाट बाहिर राख्ने र कप्तान, उपकप्तानलाई पदमुक्त गर्ने निर्णय गरेको थियो । २९ मंसिरमा बसेको बोर्ड बैठकले सन्दीप लामिछानेलाई नयाँ कप्तान चयन गरेको थियो ।

तर पछिल्लो समय राजनीतिक चासो र चौतर्फी दबाबपछि खेलाडी र क्यान दुबैले सहमति जुटाउने प्रयास गरेका हुन् । केही समूहले क्यानको चर्को विरोध गरेका छन् भने केही समूहले खेलाडीले क्यानको कारबाही स्वीकार गर्नुपर्ने धारणा राख्दै आएका छन् ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img