हेटौँडा । नेपाल समाजवादी पार्टी (नेसपा- नयाँ शक्ति)को आठौं स्थापना दिवस हेटौंडामा विभिन्न कार्यक्रम गरी मनाईएको छ।
बुधबार सोही अवसरमा आयोजित पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्याक्रममा बोल्दै शिम्खडाले राजनीतिक दायित्व विना विकास र सुशासन संभव नहुने पार्टीको केन्द्रीय महाधिवेशन समिति सदस्य राजेन्द्र शिम्खडाले बताए । हेटौंडा शाखाले ५१ सदस्यीय आयोजक समिति घोषणा गरेको उनले जानकारी दिए । उनले मंसिर महिनाभरि जिल्ला अधिवेशन गरिसक्ने समेत बताए ।
यसैगरी, पार्टीको स्थापना दिवसको अवसरमा हेटौंडामा आयोजित रक्तदान कार्यक्रममा ३३ जनाले रक्तदान गरेको जिल्ला संयोजक रमेश उप्रेतीले जानकारी दिए । जिल्ला इन्चार्ज इजाहार आलामले भने “खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने जस्तै पार्टीहरूले काम वा कुरा गरिरहेको” टिप्पणी गरे।
केन्द्रीय नेता शिम्खडाले पार्टीको स्थापना दिवसका अवसरमा विभिन्न जिल्लाहरूमा पनि कार्यक्रमहरू आयोजना गरिएको जानकारी दिए।