Friday, December 6, 2024
बागमती प्रदेशमकवानपुरहेटौंडामा एकल महिलाहरुको सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

हेटौंडामा एकल महिलाहरुको सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

हेटौंडा | राष्ट्रिय महिला आयोगको आयोजनामा हेटौंडामा एकल महिलाहरुको सुरक्षा सम्बन्धी नीतिगत तथा कार्यक्रमगत पृष्ठपोषणका लागि प्रदेश स्तरका सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। शुक्रबार हेटौंडा-२ स्थित जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रममा महिला आयोगकी अध्यक्ष कमला कुमारी पराजुलीको अध्यक्षतामा बागमती प्रदेश उपसभामुख अप्सरा चापागाई खत्रीको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि चापागाईंले राष्ट्रिय प्रदेश सभामा महिलाको भूमिका बढाउने र स्थापित गर्ने बारेमा प्रदेशका नेतृत्वकर्ता महिलाहरु बीच छलफल भएको जानकारी दिइन्। उनले महिलालाई समान हैसियतको रुपमा लिनुपर्ने र कानुनी रुपमा सम्बोधन गर्नुपर्ने कुरामा जोड दिइन्।

उपसभामुख चापागाईंले नेपाली समाजले एकल महिलालाई हेर्ने दृष्टिकोण र गर्ने व्यवहारमा सुधार आवश्यक रहेको बताइन्। साथै, लगानीमा महिलाको सहभागिता बढाउनुपर्ने र सीमान्तकृत समुदायको आवाज उठाउन थप प्रयास गर्नुपर्ने कुरामा जोड दिइन्।

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख ललित घलान, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गुणराज न्यौपाने, जिल्ला बार एसोसिएसन अध्यक्ष अप्सरा बस्नेत लगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

यस अन्तरक्रिया कार्यक्रमले एकल महिलाहरुको सुरक्षा र अधिकार सम्बन्धी विषयमा महत्त्वपूर्ण छलफल र पृष्ठपोषण प्रदान गरेको छ।

spot_img
spot_img

प्रकाशित मिति :

spot_img

सिफारिस

spot_img