Wednesday, February 12, 2025
बागमती प्रदेशमकवानपुरहेटौँडा अस्पतालमा १३० कर्मचारी कटौती: स्वास्थ्य सेवा प्रभावित हुने चिन्ता

हेटौँडा अस्पतालमा १३० कर्मचारी कटौती: स्वास्थ्य सेवा प्रभावित हुने चिन्ता

हेटौँडा | बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल र स्वास्थ्य मन्त्रालयका सचिव बद्री बहादुर खड्काद्वारा हेटौँडा अस्पतालका १३० कर्मचारी कटौती गरिएको छ। यो निर्णयले नागरिकको स्वास्थ्य सेवा पाउने अधिकारलाई वञ्चित गर्ने र अस्पतालको सेवा प्रवाहमा गम्भीर असर पार्ने देखिएको छ ।

प्रदेश सरकारको यो कटौतीले हेटौंडा अस्पतालको आकस्मिक, ओपीडी, ल्याब लगायतका महत्वपूर्ण क्षेत्रमा सेवा प्रभावित हुने देखिएको छ। अहिले पनि पर्याप्त जनशक्तिको अभावमा सीमित कर्मचारीले सेवा दिइरहेका बेला यो कटौतीले थप समस्या निम्त्याउने अनुमान गरिएको छ।

स्वास्थ्य मन्त्रालयले अस्पतालमा गत २०८० असोजमा नियुक्ति लिएर काम गर्दै आएका कर्मचारीहरूको करार अवधि नवीकरण नगर्ने निर्णय गरेको छ। यो निर्णय चालु आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत दरबन्दीसँग सम्बन्धित रहेको जनाइएको छ।

मुख्यमन्त्री जम्कट्टेलले हाल स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पनि सम्हाल्दै आएका छन्। उनको नेतृत्वमा असार २७ गते यो निर्णय गरिएको थियो, जसअनुसार मन्त्रालय र मातहत कार्यालयमा कार्यरत कर्मचारीको असार मसान्त पश्चात् करार अवधि थप नगर्ने भनिएको छ।

यस निर्णयले स्वास्थ्य क्षेत्रमा नयाँ चुनौती थपेको छ र यसको दीर्घकालीन प्रभाव के हुने भन्ने बारे चिन्ता बढेको छ। स्थानीय नागरिक समाज र स्वास्थ्यकर्मीहरूले यस निर्णयको विरोध गर्दै प्रदेश सरकारलाई पुनर्विचार गर्न आग्रह गरेका छन्। उनीहरूले जनस्वास्थ्यलाई प्राथमिकतामा राख्न र कर्मचारी कटौतीको सट्टा थप जनशक्ति थप्न माग गरेका छन्।

आज साउन ३ गते सम्म यस निर्णयको कार्यान्वयन र यसको प्रभावबारे थप जानकारी आउन बाँकी छ। स्वास्थ्य क्षेत्रका विज्ञहरू र सर्वसाधारणले यस निर्णयको परिणामलाई नजिकबाट नियाल्दै छन्।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img

सिफारिस