ललितपुर | बागमती गाउँपालिकाले सोनाम ल्होसार पर्वको अवसरमा माघ १८ गते बुधबारका दिन स्थानीय बिदा दिने निर्णय गरेको छ। गाउँ कार्यपालिकाको माघ १४ गते सम्पन्न बैठकले यस गाउँपालिकामा मनाइने प्रमुख पर्वको रुपमा सोनाम ल्होसारलाई सम्मान गर्दै स्थानीय बिदा दिने निर्णय गरेको हो।
प्रशासन प्रमुख बिमल कोइरालाद्वारा हस्ताक्षरित सूचनामा गाउँपालिका भरका विद्यालय, कार्यालय, तथा अन्य स्थानीय निकायहरू बिदाका दिन बन्द हुने जानकारी गराइएको छ।
सोनाम ल्होसार तामाङ समुदायको नयाँ वर्षको रुपमा मनाइने महत्वपूर्ण सांस्कृतिक पर्व हो। बागमती गाउँपालिकाले स्थानीय पर्वहरूको संरक्षण र प्रवर्द्धनका लागि यस प्रकारका निर्णय गर्दै आएको छ।