हेटौँडा | मकवानपुरमा ढुङ्गाले लागेर ८ वर्षीया बालिकाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मकवानपुरको बकैया गाउँपालिका-६ सानो ज्यामिरेमा ढुङ्गाले लागेर स्थानीय हिरालाल थिङकी ८ वर्षीया छोरी सुष्मा थिङको मृत्यु भएको हो ।
बिहिबार बेलुका सुष्मा विद्यालयबाट घर फर्किंदै गर्दा अचानक भिरबाट खसेको ढुङ्गाले लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी भोलिपल्ट भदौ ७ गते दिउँसो २ बजे प्रहरी चौकी गरगरेमा प्राप्त भएपछि तत्काल प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको र थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।