Wednesday, June 25, 2025
मकवानपुरहेटौंडा उपमहानगरपालिकाजनकपुर बोल्ट्स र हेटौँडा स्कूल अफ म्यानेजमेन्टबीच सम्झौता, अनिल साह बने ब्राण्ड...

जनकपुर बोल्ट्स र हेटौँडा स्कूल अफ म्यानेजमेन्टबीच सम्झौता, अनिल साह बने ब्राण्ड एम्बेसेडर

spot_img

हेटौँडा | नेपाल प्रिमियर लिग (एनपीएल) का लागि जनकपुर बोल्ट्स र हेटौँडा स्कूल अफ म्यानेजमेन्टबीच शैक्षिक साझेदारी सम्बन्धी सम्झौता भएको छ। बुधबार आयोजित कार्यक्रममार्फत जनकपुर बोल्ट्सका महाप्रबन्धक निरज खतिवडा र हेटौँडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सिपल पुरनबहादुर जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौतापछि हेटौँडा स्कूल अफ म्यानेजमेन्ट जनकपुर बोल्ट्सको शैक्षिक साझेदारको रूपमा रहनेछ। सम्झौतामा खेलाडी अनिल साह र शुभ कंशाकार पनि उपस्थित थिए। विशेष कुरा त, अनिल साहलाई म्यानेजमेन्टले आफ्नो ब्राण्ड एम्बेसेडरको रूपमा चयन गरेको छ। अनिल र शुभ दुबै जनकपुर बोल्ट्सका खेलाडी र म्यानेजमेन्टका पूर्वविद्यार्थी हुन्।

सम्झौताको अवसरमा प्रिन्सिपल जोशीले निकट भविष्यमा टिम नै खरिद गर्ने सम्भावना रहेको बताए। क्रिकेटको विकासलाई गति दिनका लागि पूर्वराष्ट्रिय खेलाडी राम नरेश गिरीलाई प्रशिक्षकको रूपमा नियुक्त गरिएको जानकारी पनि उनले दिए।

कार्यक्रममा अनिल साहले आफ्नो व्यावसायिक क्रिकेट यात्रा मकवानपुरबाट सुरु भएको स्मरण गर्दै कडा अनुशासनले आफ्नो सफलतामा ठूलो योगदान रहेको बताए। उनले भने, “म्यानेजमेन्टमा सिकेको अनुशासनलाई मैले क्रिकेटमा लागू गरेकै कारण मैले आजको स्थान हासिल गरेको छु।”

यस वर्षको एनपीएलमा जनकपुर बोल्ट्सलाई बलियो टिम मानिएको छ। आशिफ शेख मार्की प्लेयर रहेको यस टिमलाई पूर्वनेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक श्रीलंकाली पुबुदु दसानायकेले प्रशिक्षण दिनेछन्। एनपीएल प्रतियोगिता मंसिर १५ गतेदेखि काठमाडौंमा सुरु हुँदैछ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img