Tuesday, July 8, 2025
मकवानपुरहेटौंडा उपमहानगरपालिकारोजगार प्रवर्द्धन मेलामा उत्साहजनक सहभागिता

रोजगार प्रवर्द्धन मेलामा उत्साहजनक सहभागिता

spot_img

हेटौँडा | हेटौँडा उपमहानगरपालिकाले वैदेशिक रोजगारीको विकल्पस्वरूप स्थानीय रोजगारीको अवसरबारे जनचेतना फैलाउन आयोजना गरेको रोजगार प्रवर्द्धन मेला २०८२ मा करिब ८ सय सहभागीले अवलोकन गरेका छन्। युवा लक्षित उक्त मेलामा रोजगारदाता र रोजगारी खोज्ने बीच प्रत्यक्ष समन्वय कायम गरिँदै स्वरोजगार र सीपका अवसरहरूको जानकारी प्रदान गरिएको थियो।

हेटौँडा औद्योगिक क्षेत्रका उद्योगहरू र नगरपालिकाले तालिमद्वारा स्थापित घरेलु उत्पादनकर्ताहरूका गरी ५१ वटा स्टलहरू मेलामा राखिएका थिए। जहाँ हस्तकलाका सामग्री, ढाकाका कपडा, गुन्द्रुक, बेसार, आलु चिप्स, साबुन, माटोका टाइलदेखि पोल्ट्री पलेट र प्लास्टिक भाँडासम्मका स्थानीय उत्पादनहरू प्रदर्शनमा राखिएका थिए। स्टलहरूको अवलोकन गर्दै सहभागी युवाहरूले निजी क्षेत्र र उद्यमीहरूसँग प्रत्यक्ष संवाद गर्दै रोजगारीका सम्भावनाबारे परामर्श लिए।

-सूचना-

मेलाको समापन कार्यक्रममा नगरप्रमुख मीनाकुमारी लामा र बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जन उपस्थित रहे। उद्योग संघ मकवानपुरका अध्यक्ष बद्रीनाथ शर्माको अध्यक्षतामा कार्यक्रम सञ्चालन गरिएको थियो।

उपमहानगरको आर्थिक विकास महाशाखा प्रमुख जगन्नाथ सापकोटा का अनुसार, मेलामा क्यूआर कोडमार्फत अनलाइन फारम भरेर रोजगारी खोज्नेहरूलाई दर्ता गरिएको छ। आगामी दिनमा उनीहरूलाई दक्षता र अर्धदक्षता अनुसार रोजगारीको अवसरमा समन्वय गरिनेछ।

मेलामा सीप प्राप्त महिलादेखि घरेलु उद्यमी, विद्यार्थी र नयाँ उद्यम थाल्न चाहने युवाको उल्लेखनीय सहभागिता देखिएको थियो। रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्दै मेलाले हेटौंडामा वैकल्पिक आर्थिक अवसर र सीप विकासलाई प्रवर्द्धन गर्ने दिशामा सकारात्मक प्रभाव पारेको छ।

spot_img
spot_img

प्रकाशित मिति :

spot_img

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img