मकवानपुरहेटौंडा उपमहानगरपालिकाहेटौँडा उपमहानगरको ‘न्यायिक दर्पण’ विमोचन

हेटौँडा उपमहानगरको ‘न्यायिक दर्पण’ विमोचन

हेटौँडा|  हेटौँडा उपमहानगरपालिकाको न्यायिक समितिबाट प्रकाशन गरिएको ‘न्यायिक दर्पण’ बुधबार औपचारिक रूपमा विमोचन गरिएको छ। उपप्रमुख तथा न्यायिक समितिका संयोजक राजेश बानियाँले एक कार्यक्रमकाबीच यस प्रकाशनलाई सार्वजनिक गरेका हुन्।

न्यायिक समितिको वार्षिक कार्यक्रम अन्तर्गत आयोजित मेलमिलापकर्ताहरूको समीक्षात्मक भेलामा विमोचन गरिएको यो दर्पण उपमहानगरभित्रको न्यायिक गतिविधिहरू, मेलमिलाप प्रक्रियाको अनुभव र उपलब्ध तथ्याङ्क समेटिएको दस्तावेज हो। उपप्रमुख बानियाँले मेलमिलापकर्ताहरूको समर्पण र भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी रूपमा काम गर्न निर्देशन दिए।

कार्यक्रममा समितिअन्तर्गतका सबै मेलमिलाप केन्द्रहरूले आफ्नो प्रगति विवरण प्रस्तुत गरेका थिए। साथै, मेलमिलापकर्ताहरूलाई सुरक्षित वैदेशिक रोजगारीमा उनीहरूको भूमिका विषयक अभिमुखीकरणसमेत दिइएको थियो।

कार्यक्रमको अध्यक्षता समितिका सदस्य ज्ञानबहादुर थापाले गरेका थिए। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भरत गौतम, समिति सदस्य सन्तुमाया पाख्रीन, सामाजिक विकास महाशाखा प्रमुख डा. भीमप्रसाद तिमल्सिना, कानुनी सल्लाहकार वरिष्ठ अधिवक्ता ईश्वरराज ढकाल, शाखा प्रमुखहरू लक्ष्मण मैनाली, गंगा चौलागाईं, साहित्यकार हयग्रीब आचार्य, उपमहानगरका ११ वटै मेलमिलाप केन्द्रका संयोजकहरू र सूचीकृत मेलमिलापकर्ताहरूको उपस्थिति रहेको थियो।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img