Sunday, April 20, 2025
मकवानपुरकैलाश गाउँपालिकाकैलाश गाउँपालिकामा पहिलो पटक एसईई परीक्षा केन्द्र, तयारी पूरा
spot_img

कैलाश गाउँपालिकामा पहिलो पटक एसईई परीक्षा केन्द्र, तयारी पूरा

हेटौँडा | मकवानपुरको कैलाश गाउँपालिकामा पहिलो पटक माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा केन्द्र सञ्चालन हुने भएको छ। आगामी बिहीबारबाट सुरु हुने परीक्षाका लागि कैलाश–९ स्थित कालिका माध्यमिक विद्यालयलाई परीक्षा केन्द्रका रूपमा तोकिएको छ। यसअघि विद्यार्थीहरूले मनहरी, थाहा र हेटौंडा पुगेर परीक्षा दिनुपर्ने बाध्यता थियो। गाउँपालिकामै परीक्षा केन्द्र कायम गरिएपछि विद्यार्थीहरूलाई सुविधा पुग्ने गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले बताएका छन्।

बुधबार गाउँपालिका अध्यक्ष मुक्तान, उपाध्यक्ष बालकुमार मल्ल, वडा नं. ९ का अध्यक्ष भुवनसिंह घलान, शिक्षा शाखा प्रमुख समीर जोशी, स्रोत शिक्षक ध्रुवराज विष्ट, प्राविधिक सहायक दीपेन्द्र अधिकारीसहितको टोलीले परीक्षा केन्द्रको निरीक्षण गरेको छ। यो वर्ष कैलाशका पाँच विद्यालयबाट १४९ जना नियमित र ६७ जना ग्रेडवृद्धि गरी जम्मा २१६ जना विद्यार्थी एसईई परीक्षा दिनेछन्।

भौगोलिक विकटता र आवतजावतको कठिनाइलाई मध्यनजर गर्दै परीक्षा अवधिभर विद्यार्थीहरूका लागि खाना र आवासको समेत व्यवस्था गरिएको छ। गाउँपालिकाको स्वास्थ्य तथा शिक्षा शाखाबाट एक–एक जना कर्मचारी खटाइनेछ भने केन्द्रमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरूको पनि व्यवस्था गरिनेछ। अध्यक्ष मुक्तानले परीक्षाका क्रममा विद्यार्थी तथा अभिभावकको कुनै गुनासो नआउने गरी तयारी पूरा भइसकेको जानकारी दिए।

यस पटक कैलाशका विभिन्न विद्यालयहरूबाट परीक्षा दिन लागेका विद्यार्थीहरूमध्ये कमलादेवी माविबाट २८ जना नियमित र ११ जना ग्रेडवृद्धि, भवानी माविबाट ४६ जना नियमित र २५ जना ग्रेडवृद्धि, व्यास माविबाट ४८ जना नियमित र १८ जना ग्रेडवृद्धि, धुवाङ माविबाट ९ जना नियमित र २ जना ग्रेडवृद्धि तथा रत्नज्योति माविबाट १८ जना नियमित र ११ जना ग्रेडवृद्धि विद्यार्थी परीक्षा दिनेछन्। यस्तै, कालिका माविबाट ४५ जना नियमित र १० जना ग्रेडवृद्धि गरी कुल विद्यार्थी संख्या २१६ पुगेको छ। कालिका माविका विद्यार्थी भने हेटौंडा–४ स्थित भुटनदेवी माविबाट परीक्षा दिने व्यवस्था गरिएको छ।

यस वर्ष मकवानपुर जिल्लाभर नियमित ५,८६५ जना र ग्रेडवृद्धितर्फ १,५९१ जना गरी जम्मा ७,४५६ जना विद्यार्थी एसईई परीक्षामा सहभागी हुने भएका छन्।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img