Sunday, July 20, 2025
मकवानपुररक्सिराङ गाउँपालिकाराक्सिराङ्गमा एसईईको परीक्षा केन्द्र, २ सय ८१ जना बिद्यार्थी सहभागी हुँदै

राक्सिराङ्गमा एसईईको परीक्षा केन्द्र, २ सय ८१ जना बिद्यार्थी सहभागी हुँदै

spot_img

हेटौडा – आजबाट शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा मकवानपुरको राक्सिराङ्ग गाउँपालिकाबाट २ सय ८१ जना सहभागी हुँदै छन्। राक्सिराङ्गको ५ वटा बिद्यालयबाट परीक्षामा सहभागी हुन बुधबार नै गाउँपालिका मुकाम चैनपुरमा आइपुगेका छन्।

rasksing gaupalika

यस भन्दा पहिले मनहरीको विभिन्न परीक्षा केन्द्रमा परीक्षा दिनु पर्ने अवस्था थियो, यो पटक देखि आफ्नै गाउँपालिकामा परीक्षा केन्द्र संचालन भएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताउनुभयो।

- Advertisement -

परीक्षामा सहभागी हुन नियमित तर्फ २ सय २० जना, ग्रेड वृद्धि तर्फ ३५ जना, प्राबिधिक तर्फ २६ जना गरि २ सय ८१ जना रहेको गाउँपालिकाको शिक्षा शाखा प्राबिधिक सहायक पासाङ्ग लामा बलले जानकारी दिनुभयो।

टाढाबाट आएका परीक्षार्थीहरू आफन्तकोमा आश्रय लिएर बसेका छन् । बुधबार नै गाउँपालिकाले टाढाबाट आएका बिद्यार्थीहरुलाई खाद्यान्न समस्या हुन नदिन २ सय ३ जनालाई साढे १२ केजी चामल, आधा केजी नुन, एक लिटर तेल र एक केजी दाल उपलब्ध खाद्यान्न उपलब्ध गराएको छ ।

यस केन्द्रबाट कालिका मावि खैराङ, कालिका मावि राक्सिराङ, राष्टिय मावि सिलिङे, सुर्योदय मावि देविटार र श्री माविका विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् । परीक्षा सञ्चालनका लागि एक केन्द्राध्यक्ष, सहायक केन्दाध्यक्ष, निरीक्षक, सहयोगी सहित १२ जना कर्मचारी परिचालित भएका छन् ।

चेपाङ जातीको बाहुल्य रहेको राक्सिराङबाट १ सय ४ जना चेपाङ विद्यार्थीहरुले एसइई दिँदै छन्। मकवानपुरमा यस वर्ष ६ हजार १ सय ६३ विद्यार्थी एसईइ परीक्षामा सहभागी हुँदैछन् । मकवानपुरको कैलाश गाउँपालिका बाहेक सबै ९ वटा स्थानीय तहका २६ विद्यालयमा परीक्षा केन्द्र राखिएको छ ।

प्रतिक्रिया दिनुहोस

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

spot_img