अर्थ व्यापारगण्डकी प्रदेशको बजेट ३५ अर्ब ९० करोड ९० लाख

गण्डकी प्रदेशको बजेट ३५ अर्ब ९० करोड ९० लाख

पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

प्रदेशसभामा बुधबार अर्थमन्त्री रामजी बराल जीवनले आगामी कार्यक्रमसहित सो रकमबराबरको बजेट सार्वजनिक गरेका हुन् । चालू आवका लागि सरकारले ३० अर्बको बजेट सार्वजनिक गरेको थियो ।

सो विनियोजनमध्ये चालूतर्फ १३ अर्ब २६ करोड ८८ लाख ५४ हजार अर्थात् ३६ दशमलव ९५ प्रतिशत र पुँजीगततर्फ २२ अर्ब १४ करोड १ लाख ४६ हजार अर्थात् ६१ दशमलव ६६ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ५० करोड अर्थात् १ दशमलव ३९ प्रतिशत रहेको छ ।

स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ २ अर्ब ११ करोड १० लाख अर्थात् ५ दशमलव ८८ प्रतिशत रहेको छ । साथै आगामी आर्थिक वर्षमा १ करोड ६८ लाख ३८ हजार सञ्चित कोषमाथि व्ययभार हुने अनुमान प्रदेश सरकारको छ ।

बजेटको खर्च बेहोर्ने स्रोतमध्ये नेपाल सरकारबाट वित्तीय समानीकरणबाट ७ अर्ब ९२ करोड ७९ लाख, राजस्व बाँडफाँटबाट प्राप्त ९ अर्ब २३ करोड ९९ लाख, ससर्त अनुदानतर्फ ६ अर्ब ९१ करोड ८३ लाख, समपूरक अनुदानतर्फ ८३ करोड ७० लाख, विशेष अनुदानतर्फ ८६ करोड प्राप्त हुने अनुमान छ । प्रदेशको आन्तरिक राजस्वबाट ५ अर्ब ९ करोड १६ लाख र रोयल्टी बाँडफाँडबाट ३२ करोड ५० लाख प्राप्त हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img