Saturday, May 17, 2025
देशगण्डकी प्रदेशसुक्खा पहिरोमा परी बागलुङमा एक जनाको मृत्यु
spot_img

सुक्खा पहिरोमा परी बागलुङमा एक जनाको मृत्यु

spot_img

बागलुङ: बागलुङको बरेङमा सुक्खा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ । जिल्लाको बरेङ गाउँपालिका–२ हुग्दिशिर सक्नेरीमा पहिरोमा परेर निसीखोला गाउँपालिका–६ का ४२ वर्षीय शुकलाल विकको मृत्यु भएको हो ।

पेरिबाङ–बरेङ उर्लेनी मोटर बाटो बिस्तारका क्रममा काम गर्दै गर्दा माथिबाट एक्कासी झरेको सुक्खा पहिरोमा विकको ज्यान गएको प्रहरीले जनाएको छ ।

शुक्रबार दिउँसो १२ः४५ बजेको समयमा पहिरोमा परेर गम्भीर घाइते भएका विकलाई उपचारका लागि सदरमुकाम बागलुङतर्फ रिफर गरिएकामा उनको बाटैमा ज्यान गएको विकका आफन्त तुलबहादुर बुढाले बताए  ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img