Thursday, June 12, 2025
देशगण्डकी प्रदेशजिल्ला अस्पताल नै सात वर्ष देखि अलपत्र, सेवा प्रभावित

जिल्ला अस्पताल नै सात वर्ष देखि अलपत्र, सेवा प्रभावित

spot_img

म्याग्दी | म्याग्दीको जिल्ला अस्पतालको रुपमा रहेको बेनी अस्पतालको नयाँ भवन निर्माण कामले गति लिन नसक्दा ७ वर्षपछि पनि ७५ प्रतिशतभन्दा बढी काम सम्पन्न हुन सकेको छैन। ढिलाइका कारण बिरामीहरूको उपचारमा समस्या भइरहेको छ।

२०७३ मा १८ करोड ८४ लाख रुपैयाँमा ठेक्का लिएको निर्माण कम्पनीले कामप्रति गम्भीरता नदेखाएकोले सो अवधिमा भवन निर्माण सम्पन्न हुन सकेन। पटक पटकको म्याद थपिए पनि हालसम्म कामले गति लिन नसकेको हो।

-Ads-

५० शय्याको क्षमता भए पनि बेनी अस्पतालले १५ शय्याको भवनमा बसेर सेवा दिनुपरिरहेको छ। ठेकेदारको ढिलासुस्तीका कारण विशेषज्ञ चिकित्सकहरू आउन नमानेको बेनी अस्पतालका चिकित्सकहरू गुनासो गर्छन्।

निर्माण कम्पनीप्रति असन्तुष्ट आयोजनाले ठेक्का तोडेर कालोसूचीमा राख्ने चेतावनी दिइसकेको छ। स्थानीय, प्रदेश र संघीय सरकारले पनि ढिलाइको विरोध गर्दै आएका छन्।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img