देशकोशी प्रदेशतराईमा अझै हुस्सु लाग्ने सम्भावना

तराईमा अझै हुस्सु लाग्ने सम्भावना

सुनसरी / हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको कारण तराईका विभिन्न स्थानमा केही दिन हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ ।

देशका तराई भू-भागमा बिहान हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महासशाले जनाएको छ ।

हाल देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बादली रहेको छ भने आज सोमबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश नम्बर-१ को पहाडी भू-भागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको देखिन्छ ।

मंगलबार प्रदेश नम्बर-१ मधेश , बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहि अन्य प्रदेशमा आंशिक बदली रहनेछ । प्रदेश नम्बर-१ मा केही एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

बुधबार सुदूर पश्चिम , कर्णाली , लुम्बिनी तथा बाकी प्रदेशहरूमा आंशिक बदली रहनेछ । कर्णाली , सुदूर पश्चिम प्रदेशका केही स्थानहरूमा र लुम्बिनी , गण्डकी तथा प्रदेश नम्बर-१ का एक वा दुई स्थानमा हल्का वर्षाकध सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img