देशकोशी प्रदेशकार चोरी गरेको संग्लग्नमा तीन जनालाई लागुऔषध सहित पक्राउ

कार चोरी गरेको संग्लग्नमा तीन जनालाई लागुऔषध सहित पक्राउ

सुनसरी – मोरङको बेलवारी नगरपालिका-१ सिनेमा हल अगाडी राखेको कार हराएकाले खोजतलास गर्ने क्रममा हराएको कार र लागुऔषध सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आईतबार बिहान ८ बजे मोरङको बेलबारी नगरपालिका-३ का ४३ बर्षीय रिक्तमान गुरुङले बेलबारी -१ सिनेमा हल अगाडी पार्किङ गरी राखेको अवस्थामा प्रदेश ३-०१-०२५ च ९७५० नम्बरको कार हराएको भनि ईलाका प्रहरी कार्यालय बेलबारीमा हुलिया निवेदन दिएकोमा खोजतलास गर्ने क्रममा हिजो आइतबार दिउँसो सुन्दरहरैचा नगरपालिका-७ को विश्वकर्मा मन्दिरबाट उक्त कार फेला परेको थियो ।

कार फेला परे सँगै उक्त कारमा रहेका बेलबारी नगरपालिका-३ मा बस्ने ३६ बर्षीय सुरज गुरुङ , केराबारी गाउँपालिका -१० का २५ बर्षीय तेज कुमार मगर र केराबारी गाउँपालिका-७ का २६ बर्षीय नगेन्द्र लिम्बुलाई नियन्त्रणमा लिएको थियोे ।

उक्त कार चेकजाँच गर्ने क्रममा लागुऔषध डाइजापाम ११ एम्पुल , एभिल ९ एम्पुल र लुपिजेसिक १० एम्पुल गरि जम्मा ४० एम्पुल बरामद भएको थियो । लागुऔषध सहित पक्राउ परेकाहरूलाई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img