सुनसरी / आज बिहान ६ बजे संखुवासभाको खाँदवारी नगरपालिका-९ मा आज बिहान ट्रक दुर्घटनामा परी चालकको मृत्यु भएको छ । खाँदवारीबाट सभाखोला तर्फ जाँदै गरेको प्रदेश २-०३-००१ ख ४३० नम्बरको ट्रक आफै अनियन्त्रीत भई दुर्घटना भएको थियो ।
दुर्घटनामा घाईते भएका चालक गोरखाका २४ बर्षीय मिलन मग्रातीको मनकामना हस्पिटल तुम्लिङटारमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभालले जनाएको छ । दुर्घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।-/FILE PHOTO



