Thursday, March 27, 2025
देशकोशी प्रदेशनदिले बगाएको उदयपुरका एक जनाको शब फेला

नदिले बगाएको उदयपुरका एक जनाको शब फेला

सुनसरी / उदयपुरको कटारी नगरपालिका-४ मा पौडि खेल्ने क्रममा २७ बर्षीय रबिन तामाङको शब फेला परेको छ । तामाङ गत माघ १५ गते सिन्धुली फिक्कल गाऊपालिका-४ खांसाङ स्थित सुनकोशी नदिमा पौडि खेल्ने क्रममा बेपत्ता भएका थिए ।

हिजो बेलुका ३ बजे तामाङको शब फेला परेको छ । खोजतलास गर्ने क्रममा बगाएको स्थानबाट अन्दाजी १६ कि.मि.दक्षिण उदयपुर कटारी नगरपालिका-१४ सुनकोशी नदिको किनारमा तामाङको लाश फेला परेको छ ।

कानुनि प्रकृयाको लागी ईलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी टोली खटि गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img