Friday, March 28, 2025
समाजएमालेका नेता विरुद्ध बला'त्का'रको आरोप

एमालेका नेता विरुद्ध बला’त्का’रको आरोप

बाँके, माघ २५ । सांसद मोहन बानियाँमाथि बलात्कारको आरोप लागेको छ । नेकपा (एमाले)का नेता बानियाविरुद्ध जुम्लाकी एक शिक्षिकाले बला’त्का’रको आरोप लगाएकी हुन् । बानियाँ मुगुका सांसद हुन् ।

ती शिक्षिकाले नेपालगञ्जको अप्सरा होटलमा बानियाँले आफूलाई दुई पटक बलात्कार गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय बाँकेमा सोमबार जाहेरी दिएकी छिन् । शाही थरकी ती शिक्षिकाले दिएको जाहेरी दर्ता भइसकेको छैन ।

जाहेरीमा माघ १९ गते राति होटलमा बसेका बेलामा बानियाँले बला’त्का’रको गरेको आरोप लागाइएको छ । ती शिक्षिका र सांसद बानियाँबीच लेनदेनको बिषयसमेत रहेको बुझिएको छ । प्रहरीले घटनाका बारेमा अनुसन्धान थालेको छ ।

बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले सांसद बानियाँविरुद्ध बला’त्का’रको जाहेरी परेको पुष्टि गर्दै भने– सांसद बानियाँविरुद्ध बलात्कारको जाहेरी परेको छ । हामी बुझ्दै छौँ । मंगलबार यस बारेमा अरू प्रक्रिया अघि बढ्छ ।

त्यो रात दुई पटक कण्डम लगाएर बला’त्का’र गरको उनको दाबी छ । महिलाको स्वास्थ्य जाँचको रिपोर्ट आउन बाँकी छ । प्रहरी अधिकृतको सम्पर्कमा आएका बानियाँले ‘महिलाले नभएको कुरा’ गरेको बताएका छन् ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img