Saturday, March 22, 2025
देशकोशी प्रदेशझापामा बोलेरोको ठक्करबाट स्कुटर चालकको मृ'त्यु

झापामा बोलेरोको ठक्करबाट स्कुटर चालकको मृ’त्यु

सुनसरी / हिजो बेलुका झापाको कमल गाउँपालिका-४ स्थित पुर्व पश्चिम राजमार्गमा बोलेरोको ठक्करबाट स्कुटर चालकको मृ´त्यु भएको छ ।

मृ´त्यु हुनेमा झापा शिवशताक्षी-८ का ४१ बर्षीय नर बहादुर गहतराज रहेका छन् । हिजो (बिहीबार ) बेलुका सवा ३ बजे पुर्व तर्फ जाँदै गरेको मे १च ११६७ नम्वरको बोलेरोले बिपरित दिशा तर्फ आँउदै गरेको मे ६प २७१६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा गम्भिर घाईते भएका स्कुटर चालक गहतराजको उपचारको क्रममा दमक लाईफ लाईन अस्पतालमा मृ´त्यु भएको छ ।

दुर्घटनामा संलग्न बलेरो र चालक मोरङ रंगेलीका दिपक अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img