देशकोशी प्रदेशआमचोक गाउँपालिका छुवाछूत मुक्त पालिका घोषणा

आमचोक गाउँपालिका छुवाछूत मुक्त पालिका घोषणा

फागुन २  भोजपुर । एक ब्याक्तिले अर्को ब्याक्तीलाई हेप्नु छुवाछूत गर्नु मानबिय अपराध मात्र न भइ सामाजिक अपराध पनि हो । यस्तै सबै जातजाति एउटै हो भन्ने उदारणिय बनेको छ ,भोजपुर आमचोक गाउँपालिका ।

समृद्व आमचोक गाउँपालिका सुखी र सुसंस्कृत आमचोक बासी भन्ने मुल नाराका साथ आइतबार गाउँपालिकालाइ छुवाछुत मुक्त पालिका गरिएको हो ।

अर्थमन्त्री जनार्दन शर्मा ,सघिय साम्सद सुदन किराँती ,प्रजिअ सुरक्षा निकाय जनप्रतिनिधि ,कर्मचारी शिक्षक,बिध्यार्थी स्थानियहरुसहितले एक कार्यक्रमका बिच सयुक्त ब्यानरमा हस्ताक्षर गरेका छन ।

कार्यक्रममा बोल्दै अर्थमन्त्री जनार्दन शर्माले समाजमा विभिन्न भाषा सस्कृतिको संयोग भएकाले सामाजिक सामाजिक सुन्दर्तालाइ जोगाइ राख्नु कर्तब्य रहेको बताए। शर्माले भने, `सामाजिक चेतना मार्फत मात्र छुवाछुत पर्थालाइ हाटाउन सकिन्छ ।´

नेपालको संविधानको मौलिकहकमा नै छुवाछुत बिरुद्वको हक उल्लेख गरिएको भने पनि समाजमा जडको रुपमा रहेको यस्तो प्रथालाई हटाउन सबै एकजुट भएर लाग्नु भने संघिय सांम्सद किरातिले बताए ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img