देशकोशी प्रदेशइलाममा बन्यो ८ सय २० मिटर लामो झोलुङ्गे पुल

इलाममा बन्यो ८ सय २० मिटर लामो झोलुङ्गे पुल

सुनसरी / इलामको माइ नगरपालिका वडा नम्बर -१ र बिहीबारेको घण्टे जोड्ने झोलुङ्गे पुल बनेपछि स्थानीयवासी हर्षित भएका छन् ।

८ सय २० मिटर लामो झोलुङगे पुल नेपालमा निर्माण भएका मध्ये दोस्रो लामो झोलुङगे पुल रहेको छ । पुल निर्माण पछि माइखोला वारपार गर्न सहज भएको छ । इलामको माइ नगरपालिकाको बिहीबारे र घण्टे जोड्ने झोलुङगे पुल निर्माण भएपछि स्थानीयवासिन्दा दङ्ग परेका छन् ।

संघीय मामीला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत स्थानीय पूर्वाधार विभागबाट ८ करोड २० लाखमा पुलको निर्माण सम्पन्न भएको हो । निर्माण कम्पनी थानी हिमशिखर जेभीले निर्माण अवधिको ६ महिना अगाडि नै पुल निर्माण सम्पन्न गरेको विभागले जनाएको छ ।

सात वटा पीलरसहित निर्माण भएको यो झोलुङगे पुलको चार वटा टावर रहेको जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बरालले बताए । माइखोलामा पुल निर्माण भएपछि माइ नगरपालिका १ को घण्टेदेखि लिएर देउमाई नगरपालिका जीतपुरसम्मका बासीन्दालाई आवत जावत गर्न सहज भएको छ ।

माइखोलामा निर्माण भएको पुल देशकै दोस्रो लामो झोलुङगे पुल हो । बिरामीलाई अस्पताल लान र विद्यार्थीलाई विद्यालय जान सजिलो भएको छ । यो क्षेत्रमा पुल नहुँदा वर्षेनी खोला तर्नु बाध्यता थियो भने गत वर्ष मात्र तीनजना विद्यार्थीलाई खोलाले बगाएर बेपत्ता बनाएका थिय ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img