देशकोशी प्रदेशमोरङको सुन्दरहरैँचामा ब'म भनेर आशंका गर्दा ढुङ्गा भेटियो

मोरङको सुन्दरहरैँचामा ब’म भनेर आशंका गर्दा ढुङ्गा भेटियो

सुनसरी /मोरङको सुन्दरहरैँचा नगरपालिकामा फेला परेको शं’कास्पद कुकर भित्र ढुङ्गा फेला परेको छ ।

नेपाली सेनाको टोलीले ब’म भएको आशंकामा डिस्पोज गर्दा कुकर भित्र ढुङ्गा फेला पारेको हो । मोरङको सुन्दरहरैँचा नगरपालिका-११ शुक्रबारेमा नेकपा एमालेबाट वडा सदस्यको उम्मेदवार जीवनाथ ढकालको घरनजिक शंकास्पद कुकर फेला परेको थियो ।

तर्साउने उद्देश्यले ब’म राखेको आशंका गरिएको छ । कुकरमा निर्वाचनको ब’हिस्कार सम्बन्धी प्रचार सामाग्री टासिएको थियो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले शं’कास्पद बस्तु राख्ने व्यक्तीको खोजी भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img