Thursday, January 23, 2025
देशकोशी प्रदेशउदयपुरमा ११ हजार भोल्टको करेन्ट लागेर एक महिलाको मृ´त्यु

उदयपुरमा ११ हजार भोल्टको करेन्ट लागेर एक महिलाको मृ´त्यु

सुनसरी / उदयपुर जिल्लाको कटारी नगरपालिका–८ टोड्केपानी चौधकिलो खरबारीमा ६९ वर्षिय गंगामाया खत्रीको करेन्ट लागि जलेर मृ´त्यु हो ।

जंगलमा घाँस काटेर आउने क्रममा बाटोमा ११ हजार भोल्टको करेन्ट लागेर एक महिलाको मृ´त्यु गएको छ । घाँस बोकेर आउँदै गर्दा बाटोमा रहेको फलामको पोेलमा छुन पुग्दा ११ हजार भोल्टको करेन्ट लागेर महिलाको कम्मरमुनी र टाउको जलेर खरानी भएको हो ।

हावा हुरीले तार झरेर पोलमा करेन्ट लागेको हुन सक्ने पुर्व वडाध्यक्ष कमलश्रेष्ठले जानकारी दिए । ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी मानबहादुर राईले अनुसन्धान सुरु गरेको जानकारी दिए । पूर्ववडाध्यक्ष श्रेष्ठका अनुसार स्थानीयले विद्युत प्राधिकरणको प्रमुख आएर प्रतिबद्धता जनाएपछि मात्रै शव उठाउने भन्दै श´ब उठाएका छैनन् ।

नेपाल विद्युत प्राधिकरण कटारी शाखाका प्रमुख सन्तोष कार्कीले मृतकका परिवारलाई ५ लाख क्षतिपूर्ति दिने व्यवस्था रहेको जानकारी दिए । कार्कीले माटोमा बाँधेको तारमा हावाले झारेको तारले छुएको हुन सक्ने अनुमान गरेको छ ।-साङ्केतिक तस्बिर

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस

spot_img