Sunday, January 19, 2025
समाजएमाले र राप्रपा कार्यकर्ताद्वारा कांग्रेसका उम्मेदवारमाथि खु,कुरी प्रहार

एमाले र राप्रपा कार्यकर्ताद्वारा कांग्रेसका उम्मेदवारमाथि खु,कुरी प्रहार

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं ३ का वडाध्यक्षका उम्मेदवारमाथि खुकुरी प्रहार भएको छ ।

नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका रमेश सुनवारमाथि नेकपा एमाले र राप्रपाका कार्यकर्ताले खुकुरी प्रहार गरेका हुन् । खुकुरी प्रहारबाट सुनुवार गम्भीर घाइते भएका छन् ।

उमाकुण्ड गाउँपालिका अध्यक्षका उमेदवार जीतबहादुर काटुवालका अनुसार सुनुवार बसिरहेको ठाउँ पछाडिबाट आएर झुक्याएर खुकुरी प्रहार गरेका थिए ।

गम्भीर घाइते सुनुवारलाई उपचारका लागि वडा नं २ बाम्तीको बाम्ति अस्पतालमा लगिएको छ । सुनुवारमाथि आक्रमण गर्ने केहीलाई प्रहरी पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img