सुनसरी | मोरङ जिल्लाको कानेपोखरी गाउँपालिकामा हिजो राति साढे १० बजेतिर कानेपोखरी–२ दलेली बजारनजिकै नेपाली काङ्ग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झ´डप भएको छ ।
झडपमा कानेपोखरी–६ का एमालेका भातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ मोरङका अध्यक्ष नवीन पौडेल घा´इते भएका छन् । पौडेलको टाउकोमा चोट लागेका उनी उपचारपछि घरमै आराम गरिरहेका छन् ।
मध्यरातमा मतदातालाई प्रभावित पार्नका लागि दलेली बजारनजिकको विपन्न बस्ती पुगेका दुवै समूहबीच जम्काभेट भएको थियो । दुई समूहबीच जम्काभेट भएपछि झ´डप भएको हो । इलाका प्रहरी कार्यालय पथरीबाट पुगेको प्रहरी टोलीले घटना स्थलबाट एउटा मोटरसाइकल नियन्त्रणमा लिएको छ ।
मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले दुवै समूहले निर्वाचन आचारसंहिता र मौन अवधिको उल्लङ्घटन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए । घटनाका बारेमा विभिन्न कोणबाट अनुसन्धान थालिएको उनको भनाइ छ ।
‘आचारसंहिता उल्लङ्घन गरेर दुवै समूह गाउँमा प्रवेश गरेको पाइएको छ,’ प्रहरी स्रोतले भन्यो, ‘मतदातालाई प्रभावित पार्ने प्रयास हुँदै गर्दा भेट भएपछि दुवै समूहबीच झ´डप भएको हो ।’ एसपी कोइरालाले घटनामा संलग्नको खोजी तीव्र पारिएको जानकारी दिए । ‘जसले गरेको भए पनि आचारसंहिता उल्लङ्घन गर्नेलाई कानुन अनुसार कारबाही हुन्यो,’ उनले भने, ‘तर दुई समूह भौतिक आक्रमणमै उत्रिएको पाइयो ।’ _- साङ्केतिक तस्बिर