सुनसरी / मोरङको मिक्लाजुङमा ब´लात्कारका कारण १४ वर्षीया बालिकाको गर्भ बसेको खुलेको छ ।
प्रारम्भिक अनुसन्धानबाट मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार मिक्लाजुङ गाउँपालिका- ४ का ४४ वर्षीय छविराज चाम्लिङ राईले ब´लात्कार गरेर १४ वर्षीया बालिकालाई ब´लात्कार गरि गर्भवती बनाएको पत्ता लागेको छ ।
उनका अनुसार बङ्गुरलाई चारो खोज्न जङ्गल गएका बेला ४ महिनाअघि बालिकालाई राईले ब´लात्कार गरेको खुलेको हो । ब´लात्कार पीडित बालिका गर्भवती भएको घटना बाहिर आएसँगै राई फरार बनेका छन् ।
बङ्गुरलाई चारो खोज्न बालिका जङ्गलमा पुगेका बेला राईले नियन्त्रणमा लिएर २०७८ साल माघ २६ गते बलात्कार गरेको पाइएको छ,’ श्रेष्ठले भने, ‘घटना बाहिर ल्याएमा र कसैलाई सुनाएमा मारिदिनेसम्मको धम्की दिँदै डर र त्रास देखाइएका कारण बालिकाले अभिभावकलाई समेत नभनेको खुल्यो ।’
लामो समयसम्म ब´लात्कारको कुरा बाहिर ल्याउन हिम्मत नगरेकी बालिका नियमित विद्यालय जाने- आउने पनि गरिरहेकी थिइन् तर अचानक स्वास्थ्यमा समस्या आए पछि पेट दुख्यो भनेर बालिकाले गत जेठ २६ गते राति अभिभावकलाई सुनाएपछि स्वास्थ्य परीक्षण गराउँदा ४ महिनाको गर्भ रहेको पत्ता लागेको डिएसपी श्रेष्ठको जानकारी दिए ।
बालिकाका बुवाले राईविरुद्ध प्रहरीमा किटानी जाहेरी दिइसकेका छन् । बालिकाको पेटमा रहेको गर्भ राईको हो कि हैन भनेर थप यकिन गर्न प्रहरीले डिएनए परीक्षणको प्रक्रिया अघि बढाएको छ ।
ब´लात्कार राईविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउनलाई थप अनुसन्धान अघि बढाई बलात्कारका आरोप लागेकाको प्रहरीले खोजी गरिरहेको छ । -साङ्केतिक तस्बिर



