राष्ट्रिय स्वतन्त्र पार्टी घाेषणा गरेका रवि लामिछानेले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको एजेन्डा अघि सारेका छन् ।
मंगलबार राष्ट्रिय सभागृहमा राजनीतिक दल घोषणा कार्यक्रममा उनले आफू नेतृत्वकाे पार्टीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीकाे अवधारण अघि सारेकाे बताए ।
उनले आफ्नो पार्टीमा ५०.१ प्रतिशत युवा सहभागिता गराउने, आफ्नो पार्टीबाट मन्त्री छान्ने जिम्मा प्रधानमन्त्री र प्रदेशका मुख्य मन्त्रीलाई दिइने, निर्वाचित व्यक्तिले काम नगरे पार्टीबाटै हटाउने, परिवारवादलाई निषेध गर्ने र डिजिटल भोटिङका लागि पहल गर्ने लगायतका एजेण्डा अघि सार्ने घोषणा गरेका छन्।
उनको गरेका छन्। पार्टी घोषणा कार्यक्रममा लामिछानेले आफू व्यवस्था बदल्न नभई नागरिकको अवस्था बदल्न राजनीतिमा आएको दाबी गरे।



