Saturday, May 17, 2025
देशकोशी प्रदेशलगातार परेको वर्षाका कारण इटहरी फेरी जलमग्न
spot_img

लगातार परेको वर्षाका कारण इटहरी फेरी जलमग्न

spot_img

सुनसरी / सोमबार रातीदेखि लगातार परेको वर्षाका कारण इटहरी फेरी जलमग्न भएकाे छ ।

इटहरीको टेङ्ग्रा खोला, खेती खोला र बूढी खोला,सुकुमारी खाेला क्षेत्रमा बाढीको अवस्था बढ्दै गइरहेकाे छ । स्थानीय ढल तथा खोलाहरू भरिएर आएको बाढी सडक तथा मानव बस्तीमा प्रवेश गर्दा इटहरीकाे आधिकांश क्षेत्रहरु जलमग्न भएकाे हाे ।

इटहरीमा विशेषगरी वर्षेनी टेङ्ग्रा खोला, बूढीखोला, खेती खोलाले इटहरीका वडा नं. ३, ४, ६, ९, १०, ११ वडा बाढीबाट प्रत्यक्ष प्रभावित बन्दै आएका छन् । इटहरी २० र २ मा पर्ने तरहराको कृषि फारम, तरहराका अन्य केही ठाउँहरु, इटहरी ७ को बज्राहामा पनि पानीका कारण केही घरहरु डुबानमा परेका छन् ।

इटहरी वडा नम्बर १, ५, ७ ,८,१२, लगायत अन्य केही वडामा बाढी पसेर प्रत्यक्ष मानिसको जनजीवन प्रभावित बनेको छ । साथै पानी जमेर घर भित्र प्रवेश गर्ने अवस्थामा पुगेको तस्विर स्थानिय बासिहरुले सामाजिक सञ्जालमा राख्न थालेका छन् ।

यता इटहरीका मेयर हेमकर्ण पौडेल नगर प्रहरीसहित बाढी तथा डुबान क्षेत्रमा बिहानदेखिनै सकृय भएर खटेका छन् । पौडेल डोजर लिएर डुबान क्षेत्रमा काम गरिरहेका छन् ।

साथै मेयर पौडेलले बाढी र डुबानको कारण हुन सक्ने जोखिम व्यवस्थापनको लागि उपमहानगरका कर्मचारी, नगर प्रहरी र इटहरीवासीलाई तयारी अवस्थामा रहन र खोला आसपास क्षेत्रमा रहेका बस्तीका स्थानीयलाई सुरक्षित स्थानमा सर्न आग्रह गरेका छन् ।

प्रदेश १ का झापा, मोरङ र सुनसरी जस्ता विभिन्न जिल्लामा अविरल परेको वर्षाका कारण मानिसको जनजीवन प्रभावित परेको छ । अहिलेसम्ममा इटहरी क्षेत्रमा बाढीले मानिसको ज्यान गएको छैन । प्रदेश १ का विभिन्न ठाउँमा खेतीबाली, यातायात , सडक अवरुद्ध भएको छ । खोलामा खाएको बाढी , नालीबाट आएको बाडीबाट स्थानीयको जनजीवन प्रभावित परेको छ ।

उता, मौसम पूर्वानुमान महाशाखाका अनुसार सुनसरी, मोरङ र झापाका अधिकांश स्थानहरूमा निरन्तर परेको वर्षातका कारण सर्तकता अपनाउन अपिल गरिएको छ । मेची, विरिङ, वक्राहा, लोहन्द्रा, बूढीखोला, सुनसरी खोला लगायत साना नदीहरूमा बाढीको जोखिम भएकाले सर्तकता अपनाउन अपिल गरिएको हो ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img