देशकोशी प्रदेशसुन्दरहरैंचामा गछिया खोलाले बगाउदा एक जना पुरूषको मृत्यु

सुन्दरहरैंचामा गछिया खोलाले बगाउदा एक जना पुरूषको मृत्यु

सुनसरी / गछिया खोलाले बगाएर मोरङको सुन्दरहरैँचा- ६ सिसौघारीका ५८ वर्षीय रामबहादुर विकको मृत्यु भएको छ ।

उनी हिजो सोमबार बेलुकादेखि हराइरहेका थिए । आज मंगलबार बिहान स्थानीयहरूले बाढीमा मृत फेला परेको देखेर प्रहरीलाई खबर गरेका थिए । घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

निरन्तर परेको अविरल वर्षाका कारण सिंघिया खोलामा आएको बाढीले १७५ परिवार विस्थापित भएका छन् । उता, विराटनगर र कटहरी गरि १७५ परिवार विस्थापित भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगरमा ४५ र कटहरी गाउँपालिकामा १३० परिवार विस्थापित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img