सुनसरी / धरान उपमहानगरपालिकाका स्वतन्त्र उम्मेदवारी बाट मेयर बनेका हर्क साम्पाङले आफ्ना लागि किनिएको स्कार्पिओ गाडी बेचेर रोलर मेसिन किन्ने भएका छन् ।
हिजो बिहीबार सामाजिक सञ्जालमार्फत मेयर साम्पाङले आफू चढ्न भनेर किनिएको स्कार्पिओ डी बेच्न लागिएको जानकारी दिएका हुन् । आफ्नो उक्त प्रस्ताव बिहीबार बसेको कार्यपालिका बैठकले ताली बजाएर अनुमोदन गरेको उनले बताएका छन् ।
उनले लेखेका छन् सामाजिक सञ्जालमा ´मेयरलाई भनेर किनिएको स्कोर्पियो गाडी बेचेर धरानको बाटोभरिका खाल्डा टाल्न यो रोलर मेसिन किन्ने विचार छ मेरो’, उनले भनेका छन् ‘हिजो बिहीबार कार्यपालिकाले ताली बजाएर अनुमोदन समेत गरिदेको छ ।