सुनसरी / संखुवासभामा जिल्लाको खाँदबारी लेगुवा सडक खण्ड स्थित चैनपुर- १० दुम्कटामा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यू भएको छ भने ३१ जना घाईते भएका छन् ।
आज शुक्रबार दिउँसो लेगुवा सडक खण्डस्थित चैनपुरमा १० दुम्कटामा को २ त ३९६१ नम्बरको मलामी लिएर आउदै गर्दा पिलुवा खोला गएको ट्याक्टर दुर्घटनामा परेको हो ।
मृत्यू हुनेमा चैनपुर नगरपालिका -१० का २४ वर्षीय गङ्गाबहादुर तामाङ र चैनपुर नगरपालिका-९ मा बस्ने ४६ वर्षीय केशव कार्की रहेका छन् । सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सरोज खनालले जनाएको दिए ।
दुर्घटनामा परि घाईते भएकाहरुको तुम्लिङटार स्थीत मनकामना अस्पताल तुम्लिङटार र जिल्ला अस्पतालमा उपचारको लागि पठाईएको छ । ट्याक्टरले ४४ जना भन्दा बढि सवार थिए ।