सुनसरी / गत असार १२ गते अर्जुनधारा नगरपालिका ४ मा भारतीय नागरिकको ह´त्या गर्ने एक जना पक्राउ गरिएको छ ।
भारतको सिक्किमबाट मोरङ सुन्दरहरैँचा नगरपालिका -६ का २४ वर्षीय शैलेश सापकोटा पक्राउ गरिएको छ ।
झापा प्रहरी प्रवक्ता बसन्त पाठकका अनुसार सापकोटा जानुकादेवी थापासँग ´एक लाख रुपैयाँ सुपारी लिएर भारतीय नागरिक जपडिया नरेशकुमार बाबुको हत्यामा´ संलग्न भएका थिए । सापकोटा जानुकाका फुपूको छोरा हुन् ।
गत असार १२ गते झापाको अर्जुनधारा नगरपालिका- ४ जुकेखाडी स्थानमा बोरामा पोको पारेर ह्युमपाइप भित्र फेला पारेको भारतीय नागरिक नरेश कुमार बाबुको हत्या गरिएको थियोे ।
नरेशकुमारको हत्यामा संलग्न झापा अर्जुनधारा नगरपालिका -७ डाँडागाउँकी ३२ वर्षीया जानुकादेवी , सोही ठाउँका ४९ वर्षीय विजय भनिने बृखबहादुर थापा र सुनसरीको वराहक्षेत्र नगरपालिका -१० का २५ वर्षीय सुरेश परियारलाई पक्राउ गरेको थिए ।
भारतीय नागरिकको ह´त्या यसरी भएको छ :
भारत गुजरात अहमदावाद, कुवेरनगरका ४० वर्षीय नरेशकुमारको हत्या गरेका थिए । `जानुकासँग सम्बन्धमा रहेका नरेशकुमारलाई उनले नै योजना बनाएर हत्या गरेकी थिइन् । जानुकाले नरेशकुमारको हत्या गर्न ५ लाख रुपैयाँ सुपारी दिएका थिए ।´
उनीहरूले जानुकाकै घरमा आएका बेला नरेशकुमारलाई मादकपदार्थ सेवन गराएर मार्तोलले टाउकोमा हानेर हत्या गरेका थिए । परियार र सापकोटाले नरेश कुमारलाई कुटपिट गरेका थिए।
जानुका र वृखबहादुरले सहयोगीको भूमिका निर्वाह गरेका थिए। जानुका र नरेशकुमार चिनजान पछि केही समय भारतमासँगै बसेका थिए । नरेशकुमारले जानुकालाई घर बनाउन मोटो रकम सहयोग समेत गरेका थिए । `शारीरिक सम्बन्ध र आर्थिक सहयोगको पोल खुल्ने भएपछि जानुकाले नरेशकुमारको हत्या योजना बनाएकी थिइन् । ´सोही योजना अनुसार नरेशकुमारको हत्या गरिएको थियो ।