Monday, May 19, 2025
देशकोशी प्रदेशसंखुवासभा ट्याक्टर दुर्घटना अपडेट: मृतकको सङ्ख्या तीन, नौ जनाको अवस्था गम्भीर
spot_img

संखुवासभा ट्याक्टर दुर्घटना अपडेट: मृतकको सङ्ख्या तीन, नौ जनाको अवस्था गम्भीर

spot_img

सुनसरी / संखुवासभाको खाँदबारी लेगुवा सडक खण्ड स्थित चैनपुर नगरपालिका – १० दुम्कटामा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यू भएको छ भने घाइते मध्य नौ जनाको अवस्था गम्भीर छ ।

मलामी गएर फर्किने क्रममा खाँदबारी-लेगुवा सडकखण्डको दुमकट्टामा हिजो शुक्रबार दिउँसो को २ त ३९६१ नम्बरको ट्याक्टर पल्टिएर दुर्घटना भएको थियो । दुर्घटनामा मलामी गएकाहरु चैनपुर नगरपालिका-१० का २४ गङ्गाबहादुर तामाङ र चैनपुर नगरपालिका – ९ का ४६ वर्षीय केशव कार्कीको मृत्यु भएको थियो ।

अर्का गम्भीर घाइते चैनपुर नगरपालिका- १० का ६६ वर्षीय खड्गबहादुर भण्डारीको मृत्यु पनि मृत्यु भएको छ । उनको उपचारका क्रममा धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राति ८ बजेतिर मृत्यु भएको संखुवासभा प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले बताए ।

दुर्घटनामा परेर ४४ जना घाइते भएका थिए । घाइतेमध्ये सामान्य अवस्थाका २१ जना उपचारपछि डिस्चार्ज गरिएको छ । गम्भीर अवस्था गम्भीर र सामान्य घाइतेको उपचार भइरहेको छ ।

प्रहरीका चैनपुर -१० की ९० वर्षीया कौशिला अधिकारीको मलामी गएकाहरु चैनपुरको खराङबाट मलामीलाई खाजा बोकेर पिलुवा खोलामा गइ पुनः मालामीलाई लिएर फर्कने क्रममा ट्याक्टर दुर्घटनामा परेको हो ।

चालकलाई चैनपुर नगरपालिका- १० का ३४ वर्षीय मोहनकुमार तामाङलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको छ । अचानक लोडपिन भाँचिन गइ रोडको बाँयातर्फ पल्टिएर ट्याक्टर दुर्घटनामा परेको प्रहरी प्रमुख डिएसपी सुवेदीले बताए ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img