Sunday, October 13, 2024
देशकोशी प्रदेशझापामा तीनजना किशोरी एउटै रुखमा झु'न्डिएको अवस्थामा मृत फेला

झापामा तीनजना किशोरी एउटै रुखमा झु’न्डिएको अवस्थामा मृत फेला

spot_img

सुनसरी / झापाको कचनकवलमा १६ र १७ वर्षीया तीनजना किशोरीले एउटै रुखमा आ’त्मह’त्या गरेको अवस्थामा मृत फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यलय डीएसपी वसन्त पाठकका अनुसार झापाको कचनकवल गाउँपालिका- ५ पाठामारीको बेल्लेगाउँस्थित सुनकोसी चिया बगानको बयरको रुखमा झु’न्डिएर स्थानीय तीन किशोरीले सामूहिक आ’त्मह’त्या गरेका छन् ।

दुईजना एउटै हाँगामा र अर्की अर्को हाँगामा झु’न्डिएको अवस्थामा फेला परेको छ । सामूहिक आ’त्मह’त्या गर्नेहरूमा झापाको कचनकवल गाउँपालिका – ५ का निवासी पंचम गणेशकी १६ वर्षीया छोरी करिना, पुवालु गणेशकी १७ वर्षीया छोरी अञ्जली र बिरबल गणेशकी १६ वर्षीया छोरी कल्पना रहेका छन् ।

स्थानीयका अनुसार उनीहरू तीनैजना शनिबार दिउँसोदेखि घरबाट बेपत्ता भएका थिए । आज बिहान साढे ७ बजे सामूहिक अवस्थामा झु’न्डिएको स्थानीयले फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।

उनीहरू तीनैजना किशोरी चिया बगानमा काम गर्ने गरेका थिए । सामूहिक आ’त्मह’त्याको कारण भने खुलेको छैन । घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ । यो घटनाले गाउँ नै शोकमा डुबेको छ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img

सिफारिस

spot_img