सुनसरी / प्रदेश १ को नाम सरमाथा हुनुपर्ने माग सहित प्रदेश १ का मुख्यमन्त्रीलाई हिजोबुधबार ज्ञापनपत्र बुझाईएको छ ।
प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई हिजो बुधबार प्रदेशको नाम राख्न नसकेको भन्दै प्रदेश खारेजीको समेत चर्चा भएको बताउँदै यस्ता संवेदनशील विषयमा हतार गर्नुभन्दा समय लिएर टुंगो लगाउनु राम्रो विषय रहेकाले ज्ञापनपत्र बुझाईएको छ ।
संयुक्त खश क्षेत्री नेपाल प्रदेश नम्बर १ ले मुख्यमन्त्री राजेन्द्र राईलाई १ नम्बर प्रदेशको नामकरण विश्वभरि चर्चित, हिमाल सर्बोच्च शिखर सगरमाथा नै हाम्रो शान र मान दुबै हुने भयको हुँदा सगरमाथा प्रदेश नै सबैलाई मान्यहुने र सबै जातजाति लाइ स्वीकार्य हुने भन्दै ज्ञापनपत्र बुझाईएको संयुक्त खश क्षेत्री नेपालका बरिष्ठ केन्द्रिय उपाध्यक्ष प्रताप थापाले जानकारी दिएका छन ।
जातीय द्वन्द्व निम्त्याउन सक्ने र स्थायी विवाद ल्याउन सक्ने नाम नराख्न आग्रह गर्दै उनीहरूले कतैबाट नियमसंगत ढंगबाट कार्यसम्पादनमा बेथिति गरिए संयुक्त खस क्षेत्री नेपाल विरोधको आवाज बुलन्द गर्न पछि नपर्ने चेतावनी समेत दिएका छन्।
उनले ज्ञापनपत्र बुझेपछि आफ्नो धारणा व्यक्त गरे । उनले सडक आन्दोलन सडक विरोधको पनि विषय हुने भएकाले यसलाई समय लगाएर छलफल गरेर टुंगो लगाउनु राम्रो हुने बताए । खस क्षेत्री नेपालले प्रदेशको नाम सगरमाथा राख्नुपर्ने भनेको छ । सगरमाथा नभए त्यसको विकल्पमा कोशी राख्नुपर्ने माग छ । यदि कुनै जाति, समप्रदायको आधारमा प्रदेशको नाम राखे समाजमा द्धोन्द सिर्जना हुने खस क्षेत्री नेपालको विज्ञप्तिमा उल्लेख रहेको छ ।
जातिगत हिसाबमा प्रदेशमा क्षेत्री-बाहुन ३३, राई-लिम्बू २८, मधेशी आदिवासी १५, नेवार पाँच, गुरुङ, मगर र पहाडी दलित तीन -तीन तथा मुस्लिम दुई जना सांसद छन् । पहिचान पक्षधर आदिवासी जनजाति प्रदेश सांसदको कुल सङ्ख्या ५४ छ। यस हिसाबले पनि नामकरणका लागि कसैको बहुमत पुग्दैन।