काठमाडौं: काठमाडौं महानगरपालिकाले साढे एक करोड खर्चेर र्यापर ‘यमबुद्ध’ को नाममा पार्क बनाउने भएको छ।
र्यापर यम बुद्धको नाममा काठमाडौं नगरपालिका-१६ खुसिबुस्थित नयाँबजारमा रहेको जग्गामा पार्क बनाउन महानगरले साढे एक करोड बजेट विनियोजन गरेको काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए।
उनका अनुसार नयाँ बजारमा रहेको ७ रोपनी जग्गामा पार्क निर्माण गर्न प्रक्रिया थालिएको हो। प्रवक्ता मानन्धरका अनुसार उक्त पार्क निर्माणका लागि एक करोड ५० लाख बजेट विनियोजन गरिएको छ। यमबुद्धको नाममा बन्ने पार्कमा अरू पार्कमा हुने सुविधा सबै हुने मानन्धरले बताए।
यसअघि यमबुद्धको शालिक बनाउन भनेर महानगरले एक करोड बजेट विनियोजन गरेको थियो। उक्त निर्णयले महानगर विवादित समेत बनेको थियो। पछि मेयर बालेन शाहले आफ्नै तलबबाट यमबुद्धको शालिक बनाउने घोषणा गरेका थिए।
अहिले बजेटमा थप्ने क्रममा नयाँ कार्यक्रम राखी उक्त कुरा थपेर बजेट ल्याएइको उनले बताए।
यमबुद्ध नेपालका चर्चित र्यापर थिए। उनले केही वर्षअघि बेलायतको लन्डनमा आ’त्मह’त्या गरेका थिए।



