सुनसरी \ गत जेठ ५ गते इटहरी –४ का २० वर्षीय सुमन तामाङको ह’त्यामा संलग्न आरोपी इटहरी- ४ भेटघाट चोकका डम्बरबहादुर भुजेललाई पक्राउ गरेको छ
जेठ ५ गते राती बुढीखोलाको छेउमा तामाङलाई सख्त घाईते हुनेगरि आक्रमण गरिएको थियो । उपचारका क्रममा तामाङको मृत्यु भएपछि घटनामा संलग्न अन्यलाई प्रहरीले पक्राउ गरेको थियो । उनलाई शुक्रबार प्रहरीले घर नजिकैबाट पक्राउ गरेको
इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक विष्णुबहादुर खड्काका अनुसार यस अगाडी घटनामा संलग्न अभियुक्तहरु राज मगर, ववि नारायण चौधरी, अर्जुन बि.क.लाई प्रहरीले पक्राउ गरेर अनुसन्धानपछि अदालतमा मुद्दा दर्ता गरिएको थियो । उनीहरु विरुद्ध पूर्पक्षका लागि थुनामा राख्ने आदेश भएको थियो ।
घटनाको मुख्य योजनाकार बिर्ख भन्ने भुजेल भने फरार रहेका थिए । तामाङलाई इटाले हिर्काएर उनीहरूको समूहले घाइते बनाएका थिए । विराटनगरको कोसी अस्पताल उपचारका क्रममा तामाङको मृत्यु भएपछि घटनामा संलग्नहरुलाई नियन्त्रणमा लिइएको थियो । संलग्न मध्ये भुजेल फरार रहेका थिए ।