Monday, April 28, 2025
देशकोशी प्रदेशमोरङको लेटाङमा शारीरिक अपांगता भएकी युवती ब´लात्कृत गर्ने ५६ वर्षीय पुरूष पक्राउ
spot_img

मोरङको लेटाङमा शारीरिक अपांगता भएकी युवती ब´लात्कृत गर्ने ५६ वर्षीय पुरूष पक्राउ

सुनसरी / मोरङको लेटाङमा शारीरिक रूपमा अपांगता भएकी युवती ब´लात्कृत भएकी छन्।

लेटाङ नगरपालिका- ९ की १९ वर्षीया युवती बलात्कृत भएकी छिन् । ब´लात्कार आरोपमा लेटाङ- ३ का ५६ वर्षीय शरणबहादुर राईलाई पक्राउ गरिको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिएका छन् ।

पक्राउ पर्ने लेटाङ- ९ मा राईको खेती छ । आफ्नै खेतमा रहेको टहरोमा लगेर गत शनिबार राति युवतीलाई ब´लात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पीडित युवतीको दुवै खुट्टा चल्दैन भने बोल्न सक्छिन् । हिँडडुल गर्न नसक्ने अवस्थाकी युवतीलाई बोकेर टहरोमा पुर्याइ राईले ब´लात्कार गरेका हुन् ।

प्रहरीले घटना सोमबार मात्रै थाहा पाएको थियोे । परिवारका सदस्यले किटानी जाहेरी दिएपछि उनीविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन म्याद थप गरेर घटनाको विषय थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img