सुनसरी / सुनसरीको बर्जु गाउँपालिका- ५ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय रहेको मतदान केन्द्रको गेटनजिकै बम विष्फोट भएको छ ।
प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार विष्फोटमा परेर एक जना बालिका घाइते भएकी छन् । कुन बम विष्फोट भएको हो भन्ने प्रहरीले यकिन गरिसकेको छैन । विष्फोटपछि मतदाताबीच भागदौड मच्चिएको थियो ।
-Ads-
पहिचान खुल्न बाँकी रहेकी बालिकाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। सोही मतदान केन्द्रको गेटनजिकै अर्को पनि बम रहेको आशंकामा नेपाली सेनाको टोलीले सर्ट गरिरहेको छ।
त्यहाँको मतदान तत्कालका लागि स्थगित गरिएको छ । उक्त मतदान केन्द्र सुनसरीको क्षेत्र नम्बर ३ मा पर्छ ।