Wednesday, June 25, 2025
निर्वाचनपाल्पाको एक मतदान केन्द्रमा समानुपातिक मतपेटिका साटियो, ६८ मत रद्द

पाल्पाको एक मतदान केन्द्रमा समानुपातिक मतपेटिका साटियो, ६८ मत रद्द

spot_img

पाल्पा – पाल्पाको एक मतदान केन्द्रमा खसेको ६८ मत रद्द गरी पुनः मतदान सुरु गरिएको छ । 

तानसेन नगरपालिका ६ जनप्रिय मावि मतदान केन्द्रमा भएको मतदानमा सङ्घ र प्रदेशको समानुपातिकको मतपेटिका साटिएपछि खसेका ६८ मत रद्द गरी पुनः मतदान गरिएको हो ।

मतपेटिका साटिएको थाहा भएपछि भएको विवादले केही बेर मतदान प्रक्रियासमेत रोकिएको थियो । विवादपछि खसेका सबै मत रद्द गर्ने र ६८ जनालाई फेरि मतदान गर्न लगाएर मतदान अघि बढेको जिल्ला निर्वाचन कार्यालय पाल्पाले जनाएको छ । 

दोहो’र्‍याएर मतदान गर्नु परेपछि जनप्रिय मावि मतदान केन्द्रमा बेलुकी ७ बजेसम्म नै मतदान गरिने निर्वाचन कार्यालयले जनाएको छ ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img