निर्वाचनकास्कीमा नेकपाका कार्यकर्ताले मतपेटिका फुटाए

कास्कीमा नेकपाका कार्यकर्ताले मतपेटिका फुटाए

कास्की -नेत्रविक्रम चन्द नेतृत्वको नेकपावाट विभाजित भएका नेकपा बहुमतका कार्यकर्ताले कास्कीमा मतपेटिका फुटाएका छन् ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ तारेबराह आधारभूत विद्यालय लुम्रे मतदान केन्द्रमा मतदान भईरहेको बेला नेकपा बहुमतका एक कार्यकर्ताले मतपेटिका फुटाएका हुन् ।

माछापुच्छ्रे गाउँपालिका ९ बस्ने ३२ वर्षीय सूर्य परियारले आफुले मतदान गरिसकेपछि मतपेटिका उचालेर भुइँमा बजारेका थिए । परियारले मतपेटिका फुटाएपछि स्थगित भएको मतदान पुनः सुरु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

यो पनि:एमालेका महासचिव पोखरेलद्वारा मतदान-नेकपा एमालेका महासचिव एवं दाङ क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार शङ्कर पोखरेलले मुलुकमा राजनीतिक ध्रुविकरण अपरिहार्य भएको बताउनुभएको छ । आज तुलसीपुर १८ विजौरीस्थित जनता संस्कृत माविमा मतदानपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो, “मुलुकमा राजनीतिक ध्रुविकरण अपरिहार्य भइसकेको छ, किनकी राजनीतिक परिवर्तनका लागि दलहरु बीच सहकार्य जरुरी हुन्थ्यो ।”

विकास र समृद्धिका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता पर्ने र आफूहरु बलियो राष्ट्रियशक्ति निर्माणको अभियानमा रहेको उहाँको भनाइ छ । उहाँले निर्वाचनले मुलुकलाई नयाँ दिशातर्फ डो¥याउनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img