सुनसरी / मोरङको बेलबारी नगरपालिका- २ लालभित्तीमा शंकास्पद वस्तु फेला परेको छ ।
टिनको बट्टाबाट तार बाहिर निकालेर छाडेको अवस्थामा बमजस्तो देखिने शंकास्पद वस्तु आइतबार बिहान फेला परेको हो । प्रहरी कार्यलय बेलबारीका अनुसार शंकास्पद वस्तु फेला परेपछि सुरक्षा सतर्कता बढाइएको छ । मानिसको आवतजावत बन्द गरेर उक्त स्थानलाई प्रहरीले सुरक्षित राखेको छ ।
बेलबारी २ लालभित्तीमा रहेको कविर मा.वि मतदान स्थलको नजिकै राखिएको बम जस्तै देखिनेलाई नेपाली सेनाको डिस्पोज टोलीले डिस्पोज गरेको छ । बम जस्तै कसले राखेको भन्न खुल्न सकेको छैन ।