Saturday, May 24, 2025
देशकोशी प्रदेशमोरङमा घरायसी विवादका क्रममा पत्नीले गरिन् पतिको ह'त्या
spot_img

मोरङमा घरायसी विवादका क्रममा पत्नीले गरिन् पतिको ह’त्या

spot_img

सुनसरी / मोरङको जहदा गाउँपालिकामा घरायसी विवादका क्रममा पत्नीले दाउ प्रहार गरेर पतिको ह’त्या गरेकी छिन् ।

जहदा गाउँपालिका- १ भुटाहाकी ३५ वर्षीया दवानीदेवी सरबरियाले ४२ वर्षीया आफ्नै पति सन्तोष सरबरियाको हत्या भएको छ । उनले पतिको घाँटी र टाउकोमा दाउले प्रहार गरेर हत्या गरेको प्रहरी कार्यलय जहदाले जनाएको छ ।

ह’त्यामा संलग्न प्रयोग गरिएको दाउ सहित दवानीदेवीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । गत शनिबार राति धारिलो हतियारले घाँटी र टाउको काटिएको अवस्थामा रहेका गम्भीर अवस्थामा भेटिएका उनलाई प्रहरीले उपचारका लागि विराटनगरको कोसी अस्पताल ल्याएकोमा उपचारका क्रममा राति नै मृत्यु भएको थियो ।

हत्यामा संलग्न दवानीदेवीलाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएर कर्तव्य ज्यान मुद्दा चलाउन प्रहरीले सोमबार अदालतबाट म्याद थप गरेर घटना अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img