Saturday, May 24, 2025
राशिफलयस्तो छ मंसिर ११ गते देखी मंसिर १७ गतेसम्मको साप्ताहिक राशिफल
spot_img

यस्तो छ मंसिर ११ गते देखी मंसिर १७ गतेसम्मको साप्ताहिक राशिफल

spot_img

यस्तो छ मंसिर ११ गते देखी मंसिर १७ गतेसम्मको साप्ताहिक राशिफल – ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रारम्भमा केही चुनौती देखिए पनि प्रतिष्ठित काम गरेर समाजमा स्थापित हुने समय छ। पुरुषार्थद्वारा उपलब्धि हातपार्ने मौका छ। नयाँ काम वा नोकरी प्राप्त हुन सक्छ। मित्रता र प्रेमको बन्धन कसिनेछ। विशिष्ट व्यक्तिहरूसँग पनि मित्रता बढ्नेछ। तारिफयोग्य काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। बीचमा आयआर्जनका क्षेत्रमा केही वादविवाद आउन सक्छ। तापनि मिहिनेतले प्रशस्त दाम र इनाम दिलाउनेछ। आम्दानी बढ्नेछ भने बिस्तारै लक्ष्यमा पुग्न सफल भइनेछ। सप्ताहान्तमा खर्चिलाे काम गर्नुपर्ला।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
प्रारम्भमा स्वास्थ्य कमजाेर रहनुका साथै खर्च बढ्नाले अर्थ अभाव देखिएला। अप्ठ्यारा कामको बोझ उठाउनुपर्नेछ। तापनि साेमवारदेखि स्थितिमा सुधार आउनाले काममा जोसजाँगर बढ्नेछ। धार्मिक कर्म र समाजसेवामा प्रवृत्त भइनेछ। पुराना कामको चर्चा हुनेछ भने उपलब्धिको स्रोत प्राप्त हुनेछ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुनेछ। नयाँ कामतर्फ अग्रसर भइनेछ। विशिष्ट व्यक्तिहरूसँगको सहकार्यले फाइदा दिलाउनेछ। व्यापार–व्यवसायमा पनि फाइदा हुनेछ। सप्ताहान्तमा मनग्य आम्दानी हातलागी हुनेछ।

मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, ह
प्रारम्भमा प्रियजनसँग भेटघाट हुनेछ भने रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ। चिताएका काम बन्नाले प्रशस्तै धनलाभ हुनेछ। साेमवार र मंगलवार अप्ठ्यारा कामको बोझ थपिन सक्छ। स्वास्थ्यका लागि खानपान र आराममा ध्यान पुर्याउनुहोला। परिस्थितिवश संघर्षकाे मार्ग राेज्नुपरे पनि सप्ताहान्तमा स्थिति अनुकूल बन्नेछ। टाढिएका साथीभाइ नजिकिनेछन्। शुभचिन्तकहरूको सहयोग जुट्नाले बिस्तारै काम बन्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउन सफल भइनेछ। लगनशीलताले लक्ष्यमा पुर्याउन सक्छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
प्रतिद्वन्द्वीहरूलाई परास्त गर्न सफल भइनेछ। रोकिएका काम बन्नाले आर्थिक पक्ष पनि सबल बन्नेछ। खर्च लागे पनि दिगो फाइदा हुने काम सुरु गर्ने अवसर जुट्नेछ। प्रियजनसँगकाे भेटघाटले बिहीवारसम्म रमाइलाे हुनेछ। तर उत्तरार्धमा परिस्थिति कमजोर रहनाले केही झमेला आइलाग्न सक्छन्। स्वास्थ्यमा पनि कमजोरी अनुभूति हुनेछ। घरायसी काम बिग्रनाले दु:ख पाइएला। परिबन्धले स्वतन्त्रतामा बाधा पुर्याउन सक्छ, गोपनीयतामा पनि ध्यान दिनुहोला। व्यवहारमा केही उल्झन देखिए पनि हिम्मत गर्दा विभिन्न अवसर प्राप्त हुनेछन्।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
प्रारम्भमा चुनौती देखिए पनि बिस्तारै आफ्नो क्षेत्रमा प्रभाव जमाउन सकिनेछ। आँट गर्दा चिताएको काम सजिलै सम्पादन हुनेछ। अध्ययनमा ध्यान केन्द्रित हुनेछ भने मिहिनेतले राम्रै उपलब्धि दिलाउन सक्छ। रोकिएका काम बन्नेछन् र नयाँ काम प्रारम्भ गर्न सकिनेछ। मिहिनेतले आम्दानीको दिगो स्रोत जुट्नेछ। व्यापार र उद्योगमा फाइदा हुनेछ। व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिने समय छ। साताको अन्त्यमा भने अस्वस्थताका साथै काम बिग्रने डरले सताउन सक्छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
सुरुमा पारिवारिक असमझदारीले बाधा पुर्याउनेछ भने अरूको भरपर्दा काम रोकिन सक्छ। आफन्तले सामान्य सहयोग जुटाउनेछन्। साेमवारदेखि नयाँ काम सुरु गर्न सकिनेछ। आम्दानी बढ्नुका साथै दिगो काममा सम्झौता हुन सक्छ। भौतिक साधन जुट्नाले ठूलो योजनातर्फ अग्रसर भइनेछ। जुझारु कार्यशैलीले लक्ष्यमा पुर्याउनेछ। प्रभावशाली व्यक्तिहरूलाई प्रतिस्पर्धामा हराउन सकिनेछ। व्यापार र उद्योगमा विशेष फाइदा हुनेछ। सप्ताहान्तमा यात्रा गर्ने अवसर जुर्न सक्छ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन कसिलाे हुनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय लाग्न सक्छ। श्रम गरेर मनग्गे लाभ उठाउन सकिनेछ। हिम्मतले कार्य सम्पादन हुनेछ। समय–तालिका नमिल्दा बीचमा आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। अध्ययनमा समय दिन नसकिए पनि पेसातर्फ विभिन्न अवसरले पछ्याउनेछन्। नयाँ काम प्रारम्भ गर्न सफल भइनेछ। जुझारु कार्यशैलीले प्रतिस्पर्धीहरूको मनोबल कमजोर हुनेछ। सबल कर्मले शत्रुहरूसमेत नजिकिन सक्छन्। सप्ताहान्तमा ईर्ष्या गर्नेहरूबाट सजग रहनुहोला। सरल जीवनशैलीले धेरै प्रभावित बन्नेछन्।

वृश्चिक -तो, ना, नि, नु, ने, नो, या, यि, यु
आलोचकहरूले केही समस्या निम्त्याए पनि समयक्रमले सम्मानित स्थान दिलाउनेछ। समस्या आए पनि हिम्मत गर्दा चुनौती पन्छाउन सफल भइनेछ। कामले प्रतिष्ठा दिलाउनेछ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ। बीचमा अवसरवादीहरूबाट सावधान रहनुहोला, आँटले काम सम्पादन हुनेछन्। नयाँ अवसर पनि प्राप्त हुनेछ। मौकामा सहयोगी तथा भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुन सक्छ। मिहिनेत गर्दा आँटेको काम बन्नेछ भने जुझारु कार्यशैलीले लक्ष्यमा पुर्याउनेछ। लगनशीलताले राम्रै प्रतिफल दिलाउनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
विभिन्न अवसर प्राप्त हुनेछन् भने आँटले काम लिने समय छ। तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू पनि बढ्नेछन्। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। सोमवार र मंगलवार भने वादविवादबाट अलि सावधान रहनुहोला। मित्रहरूको सहयोग जुट्नाले महत्त्वपूर्ण काम बन्नेछ। शुभचिन्तकहरूको सञ्जाल फराकिलो हुनुका साथै बहुमूल्य वस्तुहरू संकलन गर्न सफल भइनेछ। पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। सप्ताहान्तमा पनि साइनो गाँस्नेहरूबाट अलि सजग रहनुपर्नेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
प्रारम्भमा खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। रोकिएका काम दोहोर्याउनुपर्ला। साेमवारदेखि शुभचिन्तकहरूको सहयोग जुट्नाले समस्याको समाधान हुनेछ। आफन्तसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ। भोजभतेरको निम्तो आउन सक्छ। खानपानको असावधानीले स्वास्थ्य भने कमजोर बन्न सक्छ। तापनि पारिवारिक जमघटमा मन रमाउनेछ। विशिष्ट व्यक्तिसँग मित्रता गाँसिनेछ। तर्कशक्ति बढ्नेछ भने रचनात्मक काम गरेर पुरानो पद्धतिमा सुधार ल्याउन सकिनेछ। चिताएका काम बन्नाले नाम, दाम र इनाम प्राप्त हुनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
प्रारम्भमा मनग्य लाभ हुनेछ। व्यापार बढ्नुका साथै पछिसम्म फाइदा हुने काम प्रारम्भ हुनेछ। आम्दानीका स्रोतहरू बढ्नेछन्। सोमवार र मंगलवार सरसापटमा धन बाहिरिनाले बचत भने नहुन सक्छ। सोख पूरा गर्नलाई पनि खर्च बढ्नेछ। तापनि सुरुको लगानी पछिका लागि फाइदाजनक हुनेछ। आफन्तबाट टाढिनुपर्ने स्थिति आए पनि भविष्यको मार्गचित्र कोर्ने समय छ। सप्ताहान्तमा विशेष अवसरका साथै उपलब्धि समेत प्राप्त हुनेछ। रमाइलाे भेटघाट र खानपानकाे आनन्द प्राप्त हुनेछ। तारिफयोग्य कामले मानसम्मान दिलाउनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ। आँटले काममा सफलता दिलाउनेछ। आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। मिहिनेतले नाम, दाम र इनाम हातपार्न सफल भइनेछ। आँटले सफलता समेत दिलाउनेछ। बुधवार र बिहीवार फजुल खर्च बढ्नुका साथै अर्थ अभावले सताउन सक्छ। अवसरका लागि केही दौडधुप गर्नुपर्ला। तापनि, पछिका लागि केही उपलब्धि जुट्नेछ। रकम जुटाउन केही समय लागे पनि सप्ताहान्तमा स्थिति अनुकूल बन्नेछ र काम बन्नुका साथै सुखद समाचार प्राप्त हुनेछ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img