देशकोशी प्रदेशप्रदेश १ मा कांग्रेस संसदीय दलका तीन नेताले दिए उम्मेदवारी

प्रदेश १ मा कांग्रेस संसदीय दलका तीन नेताले दिए उम्मेदवारी

सुनसरी / नेपाली काङ्ग्रेस प्रदेश १ संसदीय दलको निर्वाचनमा तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

सभापति शेरबहादुर देउवा समूहबाट अमृत अर्याल, नेता कृष्णप्रसाद सिटौला समूहबाट उद्धव थापा र डा. शेखर कोइराला समूहका केदार कार्कीले उम्मेदवारी दिएका हुन् ।

९३ सदस्यीय प्रदेश सभाको दोस्रो ठूलो दल कांग्रेससँग जम्मा २९ सांसद छन् । संसदीय दलमा शुक्रबार ९ देखि १० बजेसम्म विराटनगरमा निर्वाचन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img