सुनसरी /उदयपुरमा २० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा कटारी नगरपालिका- ७ रिस्कु बस्ने २३ वर्षीय राम शाही ठकुरीलाई प्रहरीले शुक्रबार दिउँसो पक्राउ परेका छन् ।
ठकुरीले ती महिलालाई बिहीबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस घटनाको विषयमा थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यलय कटारीले जनाएको छ ।